४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पटक पटक रेफ्रि बिबाद, मिलोमहतो की यस्तै हो फुटबल खेल ?

पटक पटक रेफ्रि बिबाद, मिलोमहतो की यस्तै हो फुटबल खेल ?
अ+ अ-

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको करिब- करिब मैझारो हुन लाग्दा नेपालका रेफ्रीहरुको क्षमतामाथि प्रश्न उठेको छ । थुप्रै खेलमा रेफ्री निर्णय विवादमा परिरहेका छन् ।

कुनै पनि खेलमा अन्तिम निर्णय लिने अधिकार रेफ्रीहरुलाई हुन्छ । उसले लिएको एउटै गलत निर्णयले खेलको नतिजालाई प्रभावित पार्न सक्छ । त्यसैले यो अत्यधिक सम्वेदनशील एवम् गहन भूमिका हो । तर, जारी लिगमा रेफ्रीहरु आफ्नो भूमिकामा खरो उत्रिन नसकेको आरोप खेलाडी र प्रशिक्षकहरुले लगाइरहेका छन् ।
प्रश्न उठ्छ, के साँच्चै नेपालका रेफ्रीहरु असक्षम नै छन् त ?

अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव इन्द्रमान तुलाधर यसमा सहमत छैनन् । उनी दावी गर्छन्, ‘हामीसँग अन्तर्राष्ट्रियस्तरकै रेफ्री छन् । दक्षिण एसियामै नेपालका रेफ्रीहरुको स्तर राम्रो छ । उनीहरुमा कुनै शंका गर्नु पर्ने ठाउँ नै देख्दिन म ।’

उनले यसो भने पनि ए डिभिजन लिग फुटबलमा खेल खेलाउँदै आएका रेफ्रीहरु किन एकपछि अर्को विवादमा परिरहेका छन् त रु

पहिलो गाँसमै ढुंगा

असोज १३ गते ए डिभिजन लिगको पहिलो दिन । उद्घाटन खेलमा विभागीय टिम आर्मी क्लब र न्युरोड टिम ९एनआरटी० बीच प्रतिस्पर्धा हुँदै थियो । यो खेलमा एनआरटीले अनपेक्षित प्रदर्शन गर्दै ९० मिनेटको समयसम्म २-१ गोलले अग्रता लिएको थियो ।

आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै सनसनीपूर्ण जितको तरखरमा थियो एनआरटी । तर थप गरिएको अतिरिक्त समय सकिन लाग्दा एनआरटीले गोल खायो । किपरले ६ सेकेन्ड भन्दा बढी बल होल्ड गरेको भन्दै रेफ्रीहरु सुदिस पाण्डेले थ्रीस्टारलाई डिबक्सबाहिर फ्रिकिक दिएका थिए । उक्त फ्रिकिकमा सन्तोष तामाङले गोल गरे । खेल २-२ गोलको बराबरीमा टुंगियो ।

तर विवादमा परे रेफ्री सुदिस पाण्डे । फ्रिकक दिने पाण्डेको निर्णय गलत भएको भन्दै एनआरटीका प्रशिक्षक मात्रै हैन पदाधिकारी पनि उनीमाथि खनिए । एनआरटीले उजुरी नै गरेपछि एन्फाले सुदिसलाई आन्तरिक कारवाही गर्दै पहिलो राउण्डको १४औं खेलसम्म प्रतिबन्ध लगायो ।

त्यो घटनाबारे लिग समितिका निर्देशक सञ्जिव मिश्र भन्छन्, ‘फ्रिकिकमा गोल नभएको भए विवाद हुँदैन थियो । गोल भएपछि रेफ्रीको गल्ती देखियो ।’

त्यसोभए एन्फाले रेफ्री सुदिसमाथि कारबाही किन गर्‍यो त रु यो प्रश्नमा एन्फाका महासचिव इन्द्रमान तुलाधर भन्छन्, ‘प्राविधिकरुपमा त्यो खेलमा रेफ्रीबाट केही कमजोरी भएको विश्लेषण गरियो । त्यसैले उहाँलाई पहिलो राउण्ड खेलाउन नदिने निर्णय भएको हो ।’

सुदिस फेरि विवादमा

मनाङ मर्स्याङ्दी र थ्री स्टारको खेलमा रेफ्रीसँग विवाद गर्दै खेलाडी । अनलाइनखबर फाइल ।
थ्रीस्टार र मनाङ नेपाली घरेलु फुटबल प्रतियोगिताको कट्टर प्रतिद्वन्द्वी टिम हुन् । यी दुई टिम आमनेसामने हुँदा दर्शक पनि निकै तरंगित हुन्छन् ।

यी दुई टिमबीचको खेल खेलाउन पनि सुदिस आए । पहिलो खेलमा नै विवादस्पद निर्णय गरेको भन्दै एन्फाबाट १४औं खेलसम्म कारबाहीमा परेका १६औं खेल खेलाउने क्रममा पनि विवादमा परे । मनाङले थ्रीस्टारलाई २-१ गोलअन्तरले पराजित गरेको खेलमा रेफ्रीको निर्णयप्रति दुबै टिमका प्रशिक्षक र खेलाडी सन्तुष्ट देखिएनन् ।

खेल सकिएपछि पोस्ट म्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षक रेफ्रीमाथि खनिए । मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘रेफ्रीहरुले सही निर्णय गर्न सकेनन् । नदिनुपर्ने पेनाल्टी दिए । रेफ्रीको गल्तीको कारण नै हाम्रा खेलाडी आवेगमा आएका हुन् ।’

यता, थ्रीस्टारका प्रशिक्षक मेघराज केसी पनि रेफ्रीप्रति सन्तुष्ट थिएनन् । उनले भने, ‘अजयी मार्टिन्सलाई डिबक्सभित्र पछाडिबाट त्यत्रो फल गर्दा सिधै पेनाल्टी दिनुपथ्र्यो । उनले सही निर्णय लिन सकेनन् ।’

रेफ्री कति जिम्मेवार ?

ललितपरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मनाङले च्यासल युथ क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्‍यो । तर मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने रेफ्रीले गम्भिर गल्ति गरेको आरोप लगाए । यो खेलमा रेफ्री थिए, प्रकाश श्रेष्ठ ।

प्रशिक्षक श्रेष्ठले भने, ‘ओलावालेले कार्ड खाने अवस्था नै थिएन । तर किन दिइयो रु रेफ्रीहरुले किन गलत गरिरहेका छन् रु जानाजान पो हो कि रु स्पष्ट पेनाल्टी हुँदा पनि दिइादैन । आखिर उनीहरुको समस्या चाहिँ के हो रु’

आफ्नो खेलाडीलाई कार्ड दिादै अर्को खेलका लागि अयोग्य बनाउने ठूलो चलखेल भएको उनको दाबी थियो । ‘आज हामीले जित्यौ, ठिक छ तर, आगामी खेलको लागि निकै गाह्रो भयो नि त । चलखेल भन्नाले पैसाकै भन्ने मात्र हुदैन । तीन(चार वटा खेलदेखि मैले विचार गर्दै छु, पक्कै भित्र केही गडबड छ भन्ने लाग्न थालेको छ,’ मनाङका प्रशिक्षक श्रेष्ठको आरोप थियो ।

विभागीय टिम नेपाल आर्मी र नेपाल पुलिस क्लबबीचको खेलमा पनि विवादमा रेफ्री तानिए । पुलिसमाथि आर्मीले १-० को संघर्षपूर्ण जित निकाल्दा दुबै प्रशिक्षक रेफ्रीमाथि खनिएका थिए ।

जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भनेका थिए, ‘विनाकारण कार्ड दिएर रेफ्रीले गलत निर्णय लिए ।’

हारपछि पुलिसका प्रशिक्षक अनन्त थापाले पनि दोष रेफ्रीलाई नै दिएका थिए । उनले भनेका थिए, ‘रेफ्रीको निर्णय ठिक भएन ।’

प्रशिक्षक र खेलाडीले प्रश्न उठाइरहँदा एन्फाले भने नेपालमा दक्षिण एसियाकै उत्कृष्ट रेफ्री रहेको बताउँदै आएको छ । महासचिव तुलाधर भन्छन्, ‘हामीले गल्ती गरेको रेफ्रीलाई कारबाही पनि गरिरहेका छौं । अन्यत्र जे प्रचलनमा छ त्यो गरिरहेका छौ । रेफ्रीको विवाद त संसार भरी नै आइरहन्छ । हामीले सबै परिक्षण गरेपछि मात्रै रेफ्री नियुक्त गरेका हौं । सबै रेफ्रीहरु सक्षम छन् ।’

त्यसो त, रेफ्री पनि मानिस नै हुन् र उनीहरुबाट मानवीय त्रुटी हुन सक्छन् । उनीहरु निश्चित नियममा बाँधिएर बसेका हुन्छन् । आफूहरुमाथि पनि अर्को निकाय भएकाले जानजान उनीहरु गल्ति गर्न पक्कै चाहँदैनन् ।

पूर्व फिफा रेफ्री लव खत्री भन्छन्, ‘प्रशिक्षकहरुले बारम्बर भन्ने गरेका छन्, रेफ्रीले डुबायो । आफ्नो खेलाडीले गोल हान्न सकेन भनेर भन्दैनन् । सजिलो उम्किने उपाय भनेकै रेफ्रीलाई दोष दिनु हो ।’

आफ्ना खेलाडीले के र कस्ता ब्यबहार देखाए भन्नेतर्फ प्रशिक्षकको ध्यान नहुने उनी बताउँछन् । ‘रेफ्रीले कार्ड दियो भने पनि विवाद हुन्छ नदिए पनि । रेफ्रीले कुनै कारण नभई कार्ड दिएको हुदैन’, पूर्व फिफा रेफ्री खत्री भन्छन् ।

रेफ्रीको आलोचना गर्न मिल्छ र ?

रेफ्रीमाथि यसरी जथाभावि प्रशिक्षक तथा क्लबका पदाधिकारीले आरोप लगाईरहँदा एन्फा भने मौन छ ।

यो प्रश्नप्रति एन्फाका महासचिव तुलाधर भन्छन्, ‘उहाँहरुले जति कमेन्ट गर्नु भएको छ, त्यसको बारेमा हामी भिडियो रिप्लेहरु हेर्दै आइरहेका छौ । त्यसको विश्लेषण गर्ने गरेका छौं । प्रशिक्षकहरुले पनि सिमा नाघेको छ भने हामी कारबाही गर्छौ ।’

पूर्व फिफा रेफ्री लव खत्री भन्छन्, ‘मैदानको कुनै एक छेउमा के घटना भएको छ त्यो सबै कुरा प्रशिक्षकले देख्दैनन् । हात हालेको त देखिएला रे, तर बोलेको सुनिदैन । त्यहाँ सुन्ने भनेको त निष्पक्षरुपमा बसेको रेफ्रीले हो ।’

एन्फाले यस्तो आरोपप्रत्यारोपलाई रोक्नुपर्ने खत्रीको भनाइ छ ।

उनी थप्छन्, ‘अरु देशको लिग तथा फुटबलमा रेफ्रीको यसरी खुल्ला आलोचना भएको पाईंदैन । एन्फाले जे पनि बोल्नका लागि छुट दिएकाले प्रशिक्षक उग्र भएका हुन् ।’

यता, लिग कमिटीका निर्देशक मिश्र प्रशिक्षकहरुमा व्यवसायिकता नभएको बताउँछन् । रेफ्रीमाथि यस्तो आरोप प्रशिक्षकमा दक्षताको कमिले भएको उनको ठ्म्याई छ । उनी भन्छन्, ‘मनाङविरुद्धको खेलमा च्यासलले रेफ्रीले अफ साइड गोल थियो तर दिएन त्यसकारण हामी हार्‍यौं भन्यो । मनाङका प्रशिक्षकले हामीविरुद्ध सबै रेफ्री लागेका छन् भन्यो । यहाँ रेफ्रीले कसको पक्षमा खेलायो उल्टो च्यासलले रिपोर्ट दिइरहेको छ । मनाङको प्रशिक्षक भने रेफ्रीले चलखेल गर्‍यो भन्छ ।’

लिग कमिटी निर्देशक मिश्रले रेफ्रीप्रति त्यस्तो अभिव्यक्ति दिने प्रशिक्षकलाई कारबाही गर्ने चेतवानी पनि दिएका छन् । उनले भने ‘मैले टिमलाई भनिसकेको पनि छु कि, आगामी खेलमा आपतिजनक अभिब्यक्ति भयो कारबाही गर्छौ ।’

यी हुन् ए डिभिजन लिगका रेफ्री

शहीद स्मारक ए डिभिजन लिग खेलाउने कुल रेफ्री २० जना छन् । जसमध्ये आठ जना म्याच रेफ्री हुन् भने बााकी सहायक रेफ्री ।

सुदिस पाण्डे, श्याम दनुवार, कविन व्यञ्जनकार, नविन्द्र महर्जन, प्रकाश श्रेष्ठ, रोजेन्द्र खड्गी, श्रवण लामा र प्रज्वल श्रेत्रीले ए डिभिजन लिगका खेल खेलाउँदै आएका

छन् भने विवादमा पनि यीनै तानिएका छन् ।

त्यस्तै, असिस्टेन्ट रेफ्रीमा रोजेन श्रेष्ठ, युनाल मल्ल, पदमबहादुर भुजेल, किसन यादव, शुक्र तामाङ, प्रकाश भुजेल, विक्रम चौधरी, रमेश चौधरी, सहदेव श्रेष्ठ, नानिराम थापा, प्रजेश अमात्य र माधव खत्री रहेका छन् ।

अहिले नेपालमा चार जना मात्र फिफाबाट मान्यताप्राप्त रेफ्री छन् । फिफाले नेपाललाई रेफ्रीको लागि चार जनाकै कोटा दिएको थियो । त्यस्तै, ६ जना फिफा एसिस्टेन्ट रेफ्री रहेका छन् । नेपालका फिफा रेफ्रीहरु सुदिस पाण्डे, श्रवण लामा, कविन व्यञ्जनकार र नविन्द्र महर्जन हुन् । बाँकी रेफ्रीहरु ‘ए’ लाइसेन्स प्राप्त हुन् ।

नेपालमा रेफ्रीको अवस्था नाजुक नै छ । पूर्व फिफा रेफ्री खत्रीका अनुसार फिफा रेफ्रीले मासिक रुपमा ६ हजारसहित भत्ता पाउँछन् । तर अन्य रेफ्रीले भने खेल हुादा पाउने भत्तामै निर्भर हुनुपर्छ ।

घरेलु संरचना, अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रदर्शन र मैत्रीपूर्ण खेललाई हेरेर फिफाले रेफ्रीको कोटा निर्धारण गर्ने हो । खेललाई विवादरहित र स्तरीय बनाउने हो भने रेफ्रीको स्तर र कोटा पनि बढाउन आवश्यक छ ।

यसबारे एन्फाका महासचिव तुलाधर भन्छन्, ‘फिफा रेफ्रीको कोटा बढाउन हामीले फिफासँग पत्राचार पनि गर्‍यौं । फिफा अध्यक्षदेखि महासचिवसम्मलाई हामीले कुरा राखेका छौं । यता, एएफसीमा पनि हामीले यो विषय उठाएका छौ । हाम्रो जति कार्यक्रम छ त्यही अनुसारले रेफ्रीको संख्या निर्धारण हुन्छ भन्नु भएको छ ।’ अनलाईन
खबरबाट साभार