४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान

पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान
अ+ अ-

दाङको तुलसीपुर उपमहानगरपालिका– ७ मा रहेको राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै गएको छ ।

द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समुहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निमार्ण गर्ने निणर्य गरिएको थियो ।

उद्यान निमार्णका लागि आवश्यक पर्ने जग्गा स्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको थियो ।
सो लगत्तै विस २०५९ माघ ८ गते देखि त्यहाँ उद्यान निमार्णको काम सुरु गरिएको थियो । सुरुको दिनमा त्यस क्षेत्रमा धेरै झाडी तथा बुट्यानहरू सफा गर्न नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासी, बुद्धिजीवि, व्यापारी, नागरिक अगुवाले योगदान गरेका थिए ।
सुरुमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट रु ३७ लाख ५० हजार अनुदान प्राप्त भएको र सो रकमबाट उद्यान निर्माणको काम शुरु गरिएको उद्यान व्यवस्थापन समितिका सदस्य बालाराम रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसपछि पनि पटकपटक गरी साविकको जिविस दाङ, तुलसीपुर नगरपालिका, स्थानीय जनप्रतिनिधि, व्यापारी, नेपाल सरकारको रु २ करोड ५० लाख मा समितको कार्यालय भवन, पर्खाल, शौचालय, प्रवेशद्वार, वनभोज स्थल लगायतका पूर्वाधार निमार्ण गरिएको हो । उहाँले त्यहाँ जनावर पशुपक्षी राख्न लागि सानो चिडियाखाना निर्माण गरिसकेको जानकारी दिनुभयो । उहाँले पशुपक्षी राख्न नेपाल सरकारबाट अनुमति लिनुपर्ने भएकाले त्यसका पहल भैरहेको बताउनुभयो।

अहिले उद्यानको अवलोकन, घुमघाम गर्ने र वनभोज मनाउन दैनिक ३०० देखि ४०० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको समितिका कर्मचारी डम्बर चौधरीले बताउनुभयो ।

उहाँका अनुसार पार्क अवलोकन गर्न आउनेहरूलाई प्रतिव्यक्ति रु १० शुल्क निर्धारण गरिएको छ भने वनभोज खान आउने समूहबाट रु ३०० देखि ५०० सम्म शुल्क निर्धारण गरिएको छ । अहिले उद्यानमा चार जनाले रोजगारी पाएका छन् ।

पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको सो उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । राप्ती राजमार्गअन्र्तगत तुलसीपुर–सल्यान सडक खण्डको ३ किलोमिटर उत्तरमा श्रीगै गाउँबाट झन्डै डेढ किलोमिटर कच्चीबाटो हिँडेपछि पूर्वमा पर्ने सो उद्यान पूर्व दक्षिण सिमानामा वन तथा जङ्गल, पश्चिम तथा उत्तर तर्फ गणेशपुर गाउँ पर्दछ ।

उद्यान भित्र उत्तरतर्फ बालबालिकाहरूका लागि बाल उद्यान र सो क्षेत्रमा बेबी रेल, पिङ, चिप्लेटी र नजिकैमा स्विमिङ पुलको निमार्ण गरिएको छ । त्यसैगरी उद्यान चराचुरुङ्गीको मधुर स्वर र प्राकृतिक तथा जैविक विविधताले पनि भरिपुर्ण रहेको पाइन्छ । त्यहाँ विभिन्न प्रजातिका वनस्पति र फुलहरूको बगैचा पनि रहेको छ ।

दक्षिणतर्फ वनभोज खान बनाइएका १० ठाउँमा खानेपानी, शौचालयदेखि वनभोज खान आउनेहरूलाई आवश्यक पर्ने भाँडाकुँडा, दाउरा तथा ग्याँसको सुविधा पनि सो पार्कमा रहेको छ ।

उद्यान घुम्न बर्दियाको नारायणपुरबाट आउनु भएकी ४५ वर्षिया कमला चापागार्इंले पहिलोपटक यहाँ आउँदा निकै आनन्द भएको बताउनुभयो । शिक्षण पेशामा संलग्न चापागाईंले उद्यानको बारेमा धेरैको मुखबाट सुनेको तर आज प्रत्यक्ष घुम्न पाउँदा खुशी लागेको बताउनुभयो ।

त्यस्तै उद्यानमा वनभोज खान लमहीबाट आउनु भएकी ३५ वर्षिया सीता चौधरीले गाउँका सबै दिदीबहिनीको यहाँ वनभोज खान जानुपर्छ भन्ने रोजाइ भएकाले यहाँ आएको बताउनुभयो ।

विगतका वर्षमा नागरिक तथा वन समुहका उपभोक्ताहरूको अथक श्रमदान र राज्यले गरेको सहयोगले नै अहिले उद्यान जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रूपमा परिचित भएको उद्यान व्यवस्थापन समितिका पुर्व सचिव कुलप्रसाद कालाथोकीले बताउनुभयो ।

उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीले उद्यान क्षेत्रमा पर्याप्त मात्रामा पानीको व्यवस्था नहुँदा, विद्युत र पार्कसम्म पुग्ने बाटो पक्की नहुँदा समस्याहुने गरेको बताउनुभयो ।

उहाँले उद्यानको विकासका लागि अहिले गुरुयोजना बनाउने काम भइरहेको जानकारी दिनुभयो । रासस