२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

गढीमाई मेलाको तयारी चुस्त बनाइँदै

गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
अ अ+ अ-

कलैया (बारा) : महागढीमाई नगरपालिका–१ स्थित रहेको ऐतिहासिक मन्दिर गढीमाईको मेलाको तयारी धमाधम भइरहेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र यादवले मेला सञ्चालनको तयारी चुस्त बनाइँदै लगिएको जानकारी दिनुभयो ।

एक हजार बिघा क्षेत्रमा लाग्ने मेलामा ४० वटा घुम्ती शौचालय, एक हजार अस्थायी शौचालय, एक हजारभन्दा चापाकल जडान, दर्जनौँ बोरिङ, दुई हजार सात सय पसल, तीन वटा हेलिकप्टर, १० वटा भेन्टिलेटरसहितको दक्ष चिकित्सकद्वारा उपचार गर्ने सुविधा सम्पन्न अस्थायी अस्पताल निर्माण, दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिने गरी तयारी भइरहेको अध्यक्ष यादवले बताउनुभयो । “मेलामा पर्नसक्ने आकश्मिक विपद्का लागि पूरै तयारी गरिएको छ”, उहाँले भन्नुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महागढीमाई मेला समितिको तर्फबाट अस्थाई अस्पताल निर्माण कार्य गर्नेभएको छ । शुद्ध खानेपानीको काम प्रदेश र सङ्घ सरकारले आफ्ना प्राविधिक खटाएर कामको थालनी तीव्र रुपमा गरिरहेको उहाँले जानकारी दिनुभयो ।

भारतबाट मेलामा आउने भक्तजनका लागि आजैदेखि रक्सौल, मटियर्वा सिम्रौनगढ, गौर नाकाबाट हलुका सवारीसाधनलाई बिना शुल्क प्रवेश गर्नेगरी सहज तुल्याएको नगरपालिकाका नगरप्रमुखसमेत रहेका मेला समितिका अध्यक्ष यादवले भन्नुभयो । उहाँका अनुसार ठूला गाडीको हकमा भन्सार गराउने तर साना सवारी साधनलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

भारतको विभिन्न ठाउँबाट आउने भक्तजनको सुविधाका लागि कम्तीमा रेल भडामा ५० प्रतिशत छुट गर्नका लागि भारतीय उच्च अधिकारीसँग कुरा भइरहेको अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले कठमाडौँबाट सिमरासम्म आउने हवाई जहाजलाई बढाउनका लागि छलफल भएको र मङ्सिर १० गते देखि ४० देखि ५० वटा उडान गराउने प्रतिबद्धता आएको बताउनुभयो । पचास लाखभन्दा बढी भक्तजनलाई ‘फ्रि वाइफाइ’ सुविधा मेलाको चार किल्लाभित्रमा मेला अवधिसम्म नेपालमा रहेको विभिन्न नेट कम्पनीबाट उपलब्ध गराउने प्रतिबद्धता आएको बताउनुभयो । भक्तजनका लागि महागढीमाई नगरपालिका र बारा जिल्ला भरका आमनागरिकले आफ्नो गच्छेअनुसार निःशुल्क रूपमा खाना र बस्न व्यवस्थापन गर्नेछन् ।

फरक प्रसङ्गमा समितिका अध्यक्ष यादवले बली गर्न आफूहरू कसैलाई प्रेरित नगर्ने भएको र स्वतः स्फूर्त रूपमा बली लिएर मातामा चढाउने आउने भक्तजनको बलीको व्यवस्थापन समितिले गर्ने सोच गरेको बताउनुभयो । केही समूह मेला भाँड्न लागिपरेको बताउँदै उहाँले माताको महिमाले कुनै हालतमा मेला नभाडिने कुरामा आफू र माताप्रति अस्थावान भक्तजनको बुझाइ स्पष्ट पार्नुभयो ।रासस