२७ मंसिर २०८२, शनिबार
,
Latest
राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुखुरापालनबाट मनग्य आम्दानी



अ+ अ-

गाईघाट ।  वैदेशिक रोजगारीबाट फर्केपछि त्यहाँको सीप र अनुभव उपयोग गर्दै आफ्नै गाउँघरमा स्वरोजगार बन्नेक्रम बढ्न थालेको छ ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने दीपक राईले स्थानीय जातका कुखुरा पाल्न थालेपछि मासिक रु ५० हजारसम्मको कुखुरा बिक्री गर्न थाल्नुभएको छ ।
सात वर्ष अगाडि वैदेशिक रोजगारीबाट स्वदेश फर्केका राईले चार वर्षदेखि स्थानीय जातका कुखुराको फार्म सञ्चालन शुरु गर्नुभएको हो । अहिले मासिक रु ५० हजार बराबरको कखुरा बिक्री गर्ने गरेको राईले बताउनुभयो ।

आफूसँग अहिले घर परिसरको पाँचकठ्ठा जग्गामा चार वटा लोकल कुखुरा फार्म रहेको र तीन हजारसम्म कुखुरा फार्ममा रहेको राईले बताउनुभयो । सबैले ब्रोइलर कुखुराको फार्म सञ्चालन गर्ने गरेका छन् नि भन्ने प्रश्नमा राई भन्नुहुन्छ “ धेरैले ब्रोइलर पाल्छन् तर मैले स्वाद र धेरै मानिसको रोजाईमा पर्ने स्थानीय जातको कुखुरा फार्म सञ्चालन गरेको हुँ, यसको फार्म नै चलाएर राम्रै आम्दानी गर्न सकिन्छ ।”

दुई वर्षसम्म लोकल कुखुरा हुर्काउन लाग्यो । धेरै भाले पोथी हुर्केपछि अहिले भने आफ्नै फार्मबाट कुखुरा उत्पादन हुने गरेको राईले बताउनुभयो । प्रतिकिलो मासु रु ६०० देखि ७०० सम्म पर्छ । “लोकल कुखरा प्रायः गाउँमा र गाईघाट बजारका होटलमा धेरै बिक्री हुने हुनाले बजारको पनि खासै समस्या छैन,” राई बताउनुहुन्छ ।

कुखुरा फार्ममा नै बिक्री हुन्छ । वार्षिक रु छ लाख हाराहारी कुखुरा बिक्रीबाट आम्दानी हुने गरेको राई बताउनुहुन्छ । अरुले चाँहि विदेशबाट आएर ब्रोइलर कुखुराको फार्म सञ्चालन गरे पनि राईले भने विदेशको अनुभव स्वदेशमा आएर स्थानीय जातको कुखुराको फार्म सञ्चालन गर्नुभएको हो । रासस