१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट दर्जनौ नेपाली महिलाको उद्धार



अ+ अ-

काठमाडौँ । गैरकानूनी रुपमा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान हिँडेका ४० नेपाली महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काइएको छ ।

दलाल र साथीभाइको प्रलोभनमा राम्रो आय हुने कामको खोजीमा तेस्रो देश जाने तयारीमा रहेको उहाँहरु झण्डै एक महीनादेखि भारतीय प्रहरीकोे नियन्त्रणमा हुनुहुन्थ्यो । नयाँ दिल्लीस्थित नेपाली दूतावास र ‘माइती भारत’का अध्यक्ष बालकृष्ण पाण्डेको सहयोगमा उहाँहरुलाई भारतीय प्रहरीको नियन्त्रणबाट मुक्त गरी नेपाल फर्काइएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

चालीस महिलामध्ये १३ लाई आज र २७ लाई तीन दिनअघि नेपाल फर्काइएको उहाँले बताउनुभयो । नेपाल भारत जनसम्पर्क समितिका अध्यक्ष पाण्डेको सहयोगमा सबै महिलालाई विमानबाट नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केन्द्रीय अनुसन्धन ब्यूरो (सिआइबी) लाई हस्तान्तरण गरिएको थियो ।

सिआइबीले घट्नाबारेमा थप अनुसन्धान गरिरहेको र आफन्त नआएसम्मका लागि उद्धार गरिएका महिलालाई नख्खुस्थित ‘फर द वान’ संस्थाको जिम्मामा पठाएको सिआइबीका डिएसपी राजकुमार सिलवालले बताउनुभयो । हाल उद्धार गरिएका महिला उक्त संस्थाको सुरक्षित आवासमा रहनुभएको संस्थाका कार्यक्रम संयोजक मीना विकले जानकारी दिनुभयो । रासस