७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः बायर्नको सानदार जित, लिभरपुल हारेपनि क्वाटरफाइनलमा



अ+ अ-

एजेन्सी । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसहित जर्मन क्लब बायर्न म्युनिखले उत्कृष्ट जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । 

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बायर्नले अष्ट्रियन क्लब साल्जवर्गलाई ७–१ को तथा एग्रिगेटमा ८–२ को सानदार जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान पक्का गरेको हो । 

पहिलो लेग १–१ गोलको बराबरीमा टुंगिदा बायर्नले दोस्रो लेगमा एकपक्षीय जित निकाल्यो । 

घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा बायर्नलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक गरे भने थोमस मुलरले दुई तथा सर्ज जिनाब्री र लेरोए सानेले एक-एक गोल गरे । 

यस्तै मंगलबार राति नै भएको प्रि क्वाटरफाइनलको अर्को खेल अन्तर्गत दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानसँग १-० गोलले पराजित भएपनि इंग्लिस क्लब लिभरपुलले समग्र नतिजामा जितसहित क्वाटरफाइनलमा स्थान बनाएको छ । 

लिभरपुलको मैदानमा गएराति भएको खेलमा इन्टरले लिभरपुललाई १-० गोलले हरायो । इन्टरका लागि लौटारो मार्टिनेजले ६१ औं मिनेटमा गोल गरे । ६३ औं मिनेटमा एलेक्सिस सान्चेजले रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । 

तर, लिभरपुलले पहिलो लेगमा इन्टरलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हुनाले लिभरपुलले एग्रिगेटमा २-१ को नतिजा निकाल्यो ।