१२ असार २०८३, शुक्रबार
,
Latest
कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः बायर्नको सानदार जित, लिभरपुल हारेपनि क्वाटरफाइनलमा



अ+ अ-

एजेन्सी । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसहित जर्मन क्लब बायर्न म्युनिखले उत्कृष्ट जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । 

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बायर्नले अष्ट्रियन क्लब साल्जवर्गलाई ७–१ को तथा एग्रिगेटमा ८–२ को सानदार जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान पक्का गरेको हो । 

पहिलो लेग १–१ गोलको बराबरीमा टुंगिदा बायर्नले दोस्रो लेगमा एकपक्षीय जित निकाल्यो । 

घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा बायर्नलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक गरे भने थोमस मुलरले दुई तथा सर्ज जिनाब्री र लेरोए सानेले एक-एक गोल गरे । 

यस्तै मंगलबार राति नै भएको प्रि क्वाटरफाइनलको अर्को खेल अन्तर्गत दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानसँग १-० गोलले पराजित भएपनि इंग्लिस क्लब लिभरपुलले समग्र नतिजामा जितसहित क्वाटरफाइनलमा स्थान बनाएको छ । 

लिभरपुलको मैदानमा गएराति भएको खेलमा इन्टरले लिभरपुललाई १-० गोलले हरायो । इन्टरका लागि लौटारो मार्टिनेजले ६१ औं मिनेटमा गोल गरे । ६३ औं मिनेटमा एलेक्सिस सान्चेजले रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । 

तर, लिभरपुलले पहिलो लेगमा इन्टरलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हुनाले लिभरपुलले एग्रिगेटमा २-१ को नतिजा निकाल्यो ।