२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा आणविक कार्यक्रमबाट ‘पछि नहट्ने’ उत्तर कोरियाको भनाइ रास्वपा बाँकेको सभापतिमा श्रेष्ठ विजयी सीमा विवाद कुटनीतिक ढंगले टुंग्याउँछौँ, संयन्त्रहरुले काम गरिरहेका छन्ः परराष्ट्रमन्त्री खनाल केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली केराको बोट सुक्न थालेपछि किसान चिन्तित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा शीर्ष नेता एकै ठाउँमा, ओली-प्रचण्ड मौन



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका खबर आजको नगारिक दैनिकले छापेको छ । पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै चार शीर्ष नेता एक ठाउँमा उभिएका हुन्।

समाचारको अनुसार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी सञ्चालन एकलौटी ढंगबाट गरेको र अर्का अध्यक्ष पुष्पकमल दाहालले मौन रहेर समर्थन गरेको आरोप चार शीर्ष नेताले लगाएका छन्।

एउटै नेतालाई सरकार र पार्टीको दोहोरो जिम्मेवारी नदिने पूर्वसहमतिविपरीत अध्यक्ष ओलीले आफूनिकटलाई जिम्मेवारी दिएको माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको आरोप छ।