३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा



अ+ अ-

बाजुरा । बुढीगङ्गा नगरपालिका–१० ले सुत्केरी र एचआइभी सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

वडा भित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने अवस्था भएमा अन्यन्त्र लैजानका लागि वडा कार्यालयले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने वडाध्यक्ष धर्मराज जोशीले बताउनुभयो । विपन्न परिवारका महिलालाई लक्ष्य गरी वडा कार्यालयले उक्त सेवा दिने निर्णय गरेको उहाँको भनाइ छ ।

यस्तै वडामा रहेका एचआइभी सङ्क्रमितलाई औषधि सेवनका लागि जाँदा आउँदा लाग्ने खर्च पनि वडाले नै व्यहोेर्ने निर्णय गरेको छ । जिल्ला अस्पताल मार्तडी र अछामको बयलपाटासम्म उनीहरुलाई लैजाने व्यवस्थासहितको सेवा सञ्चालनका लागि निर्णय गरिएको वडाध्यक्ष जोशीले बताउनुभयो । वडामा हाल सात एचआइभी सङ्क्रमित छन् । उनीहरु महीनामा एक पटक औषधी सेवनका लागि अनिवार्य बयलपाटा वा जिल्ला अस्पताल मार्तडी जानुपर्ने हुन्छ । अछामको बयलपाटा अस्पतालसम्म जाँदा प्रतिव्यक्ति रु चार हजारसम्म खर्च हुन्छ । रासस