१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरीलाई तोरीको तेल



अ+ अ-

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–७ ले स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गरी सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरेको छ ।

मिल्चेस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराइ त्यहीँ सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरिएको वडाअध्यक्ष क्षेत्रबहादुर घ्यावाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शुद्ध तोरीको तेल मालिसले शिशु स्वस्थ रहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको हौँैँ ।”

वडाअध्यक्ष घ्यावाले धाँमी झाक्रीको विश्वास गर्दा अकालमै ज्यान गुमाउनु परेको र चाँडै नै बाल मृत्युदर घटाउन ‘सुत्केरी उपहार’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । “स्वास्थ्य संस्थाप्रति महिलाको आकर्षण बढाउन कार्यक्रम ल्याएका हौँ,” उहाँले भन्नुभयो ।

पाँचखाल नगरपालिकाले अनैकोट स्वास्थ्य चौकीमा, मण्डन देउपुर नगरपालिकाले ज्याम्दी स्वास्थ्य चौकीमा र पनौती नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थामा ‘बर्थिङ सेन्टर’ सञ्चालन अनुमति मागेको जिल्ला स्वास्थ्य समन्वय एकाइ प्रमुख नन्दराज अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ३५ स्थानमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा छन् । रासस