१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघको आक्रमणबाट युवती घाइते



अ+ अ-

कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते हुनुभएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको अवस्थामा हिजो साँझ ठकुरीमाथि बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले बताउनुभयो ।

उहाँका अनुसार खर काटिरहेको बेला एक्कासि आएर बाघले झम्टिँदा अमृताको कम्मर, हात, खुट्टामा चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा प्राथमिक उपचारपश्चात् उहाँलाई थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ । रासस