१ पुष २०८२, मंगलवार
,
Latest
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदरसा सुधारको खाँचो



अ+ अ-

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा रहेका तीन वटा मदरसा अहिले अत्यन्त नाजुक अवस्थामा पुगेका छन् ।

ती मदरसालाई अन्य मदरसामा विलय गर्नुपर्ने वा खारेज गर्नुपर्ने स्थानीयवासीको माग छ । गाउँपालिकामा रहेका कुल १७ मदरसामध्ये पाँच मदरसामा सुधारको खाँचो रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउनुभयो ।

नाजुक अवस्थामा रहेका ती मदरसाको भौतिक, शैक्षिक तथा अन्य पूर्वाधारको अवस्था सुधारका लागि हदैसम्मको प्रयास गरिने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको भनाइ छ ।

“हामी यही आर्थिक वर्षभित्र मदरसाको सुधारका लागि योजना बनाएर अघि बढ्छौँ, त्यसका लागि जिल्ला शिक्षा समन्वय समितिसँग समन्वय र सहकार्यको प्रयास गरिनेछ”, अध्यक्ष कक्षपतिले भन्नुभयो । मदरसाको शैक्षिक स्तरोन्नति गर्न स्पष्ट मदरसा शिक्षा नीति आवश्यक रहेको बताउँदै अध्यक्ष कक्षपतिले विद्यार्थी सङ्ख्या नभएका गाउँपालिका क्षेत्रका मदरसालाई शैक्षिक अनुदान पनि दिन नसकिने बताउनुभयो ।

विशेषतः मुस्लिम समुदायका बालबालिका अध्ययन गर्ने मदरसाको अवस्था सुधारका लागि सरोकारवाला पक्षबीच सहमति र ठोस योजना हुनुपर्ने गाउँपालिकाको ठहर छ । रासस