३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध सहित पक्राउ



अ+ अ-

काठमाडौं । कपनस्थित सरस्वती नगरबाट अवैध लागुऔषध ब्राउन सुगर र विभिन्न सामग्रीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर मङ्गलबजार बस्ने इलाम रुवाङ गाउँपालिका–६ का २६ वर्षीया अञ्जु प्रधान र काठमाडौँ नागार्जुन बस्ने रौतहट चन्द्रपुर नगरपालिका–६ का ३१ वर्षीय चेतराज शिवकोटी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरूको साथबाट ब्राउन सुगर आठ दशमलव ७५ ग्राम, विभिन्न किसिमका मोबाइल तीन थान, लागुऔषधमा प्रयोग गर्ने मेसिन एक थान र नगद रु २५ हजार बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले मङ्गलबारसाँझ उनीहरूलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता टोखा नगरपालिका–९ भत्केको पुल डेरा गरी बस्ने सिन्धुपाल्चोकका टेकबहादुर श्रेष्ठको सिन्धुपालचोक खाजा घरबाट मङ्गलबार साँझ विभिन्न ब्राण्डका मदिरा र नगद रु नौ हजारसमेत गरी करीब रु ६९ हजार ७८० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । रासस