१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकले दुई दिन शैक्षिक संस्था बन्द गर्ने



अ+ अ-

राजविराज । अस्थायी शिक्षकको मागमा नेपाल शिक्षक सङ्घ सप्तरीले ऐक्यबद्धता जनाउँदै आज र भोलि दुई दिने शैक्षिक संस्था हडतालको घोषणा गरेको छ ।

सङ्घका सचिव विश्वनाथ भदेसवार यादवद्वारा जारी विज्ञप्तिमा आज र भोलि शैक्षिक बन्दको घोषणा गरिएको जनाइएको छ ।
विभेदकारी परीक्षा लिई वर्षौंदेखि काम गर्दै आइरहेका अस्थायी शिक्षकलाई हटाउने प्रपञ्च रचेको विरुद्ध आन्दोलनस्वरुप शैक्षिक हडतालमा उत्रिएको सचिव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अस्थायी शिक्षकलाई उमेरको हदसम्म काम गर्ने अवसरको सुनिश्चितताका लागि आन्दोलन गरिएको सचिव यादवले बताउनुभयो ।

जिल्लामा रहेको ४१२ सामुदायिक विद्यालय आज र भोलि बन्द गर्ने निर्णय गरिएको नेपाल शिक्षक सङ्घ सप्तरीका अध्यक्ष दिनेश यादवले बताउनुभयो ।
यसैबीच सामुदायिक विद्यालय आज बन्द हुँदा पढाइ प्रभावित भएको विद्यार्थीले गुनासो गरेका छन्

मुस्लिम समुदायद्वारा दाइजो प्रथा अन्त्यका लागि अभियान

मुस्लिम समुदायद्वारा सप्तरीको राजविराजमा दाइजो प्रथालाई अन्त्य गर्न मङ्गलबारदेखि १० दिने अभियान शुभारम्भ गरिएको छ । इस्लामी सङ्घ नेपाल सप्तरीका अध्यक्ष मो कलिमुज्जमा खाँले सर्वसाधारणमा दाइजाविरुद्घ चेतना विस्तार गर्ने उद्देश्यका साथ १० दिने अभियान थालिएको जानकारी दिनुभयो ।

समाजमा दाइजो लिने र दिने प्रवृत्तिलाई निरुत्साहित गर्ने मुख्य उद्देश्यका साथ शुरु गरिएको अभियान जिल्लाका १८ वटै स्थानीय तहमा पु¥याउने उहाँले बताउनुभयो । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ स्थानीय तह रहेका छन् ।
इस्लामी सङ्घ नेपाल सप्तरीको संयोजनमा दाइजो प्रथाको अन्त्य गरौँ, छोरीलाई दाइजो होइन, पैतृक शिक्षा अंश दियौँ, हिंसारहित समाज निर्माण गरौँ,लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर स्थानीयवासी शिव मन्दिरको प्राङ्गणबाट निस्केको पदयात्रा राजविराज नगर क्षेत्रको विभिन्न परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । रासस

 




भर्खरै