१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोखिमपूर्ण अवस्थामा रहेका स्थानीयहरुको उद्धार



अ+ अ-

कारिता, इन्डोनेसिया । सुनामी र ज्वालामुखीका कारण निकै जोखिमपूर्ण अवस्थामा रहेका दुर्गम क्षेत्रका स्थानीयवासीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको इन्डोनेसिया प्रहरीले जनाएको छ ।

तर, अविरल वर्षाका कारण खोज तथा उद्धारमा थप समस्या उत्पन्न भएको उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार वर्षाका कारण उद्धारमा प्रयोग हुने मार्गहरु जलमग्न भएका छन् भने नदीको सतह पहिलेको तुलनामा निकै बढेको छ ।

केही दिनअघिको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीका कारण ४०० भन्दा बढी मानिसको ज्यान गएको थियो । त्यसैगरी सो प्राकृतिक प्रकोपका कारण अरु कैयौँ मानिस बेपत्ता छन् ।

तर हामीले ती जोखिमपूर्ण अवस्थामा रहेका बस्तीका मानिसलाई उद्धार गरेर सुरक्षित स्थलतर्फ लैजाने क्रम जारी नै राखेका छौं, अविरल वर्षाका कारण अवस्था निकै नाजुक बनेको छ जसका कारण ठूलो संख्यामा मानिसहरु जोखिमपूर्ण अवस्थामा नै भौँतारिइरहनुपरेको छ– एकजना उद्धार अधिकारीले ट्वीट गरेका छन् ।

गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४२९ पुगेको छ । यस प्रकोपमा एक हजार ४८५ जना घाइते हुनुका साथै १५४ जना अझै बेपत्ता रहेका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बुधबार जानकारी दिनुभएको छ ।

सो प्रकोपका कारण हजारौं स्थानीयवासी विस्थापित भएको पनि उहाँले जानकारी दिनुभयो । ज्वालामुखी विस्फोटपछि आएको सामुद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ ।

इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीका कारण बुधबार बिहानसम्म ४२९ जनाको मृत्यु भइसकेको छ ।

खोज तथा उद्धारको कार्य अझै जारी रहे तापनि निकै कठिनाईपूर्ण भएको बताइएको छ । अझै पनि एक हजार ४८५ जना घाइते हुनुका साथै १५४ जना अझै बेपत्ता रहेका मृतकको सङ्ख्या अझै बढ्न सक्ने सुटोपोले थप जानकारी दिनु भएको छ ।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ । शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीहरुले ‘क्राकाटोआ’ नामकरण गरेका छन् ।

यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो । यसअघि जुन, अगस्ट र सेप्टेम्बर महिनामा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण दुई हजार २०० व्यक्तिको मृत्यु भएको थियो । रासस




भर्खरै