• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे ★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण

जङ्ली हात्तीको आतङ्क




बर्दिवास । महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रको चुरे काछका बासिन्दा जङ्गली हात्तीको आतङ्कले आजित भएका छन् । जिल्लाको बर्दिवास नगरपालिकामा पर्ने चुरे काछ (चुरे पहाडको फेदी) का बासिन्दा लगातार जङ्ली हात्ती बस्तीमा पसेर उत्पात मच्चाइ रहेपछि आजित भएका हुन् ।

पछिल्लो पटक मङ्गलबार राति तीनवटा जङ्गली हात्तीले बर्दिवास–५ सोनापेटीका विमान थिङ, चेरुका विष्णु ढुङ्गेल, गणन्ताका साने श्रेष्ठ र ढुङ्ग्रेका निर्मल दर्लामीको घर भत्काएको छ । मध्यरातपछि समूहमा बस्ती पसेको हात्तीले केराका थाम, पाखाबारीको मकै, बन्दाकोबी, पूmलकोबी र अरहर ९रहरी० लगायतका बाली उखेलेर, लडाएर नोक्सान गरेका चेरु बस्तीका सामाजिक कार्यकत्र्ता तिलक कार्कीले जानकारी दिनुभयो ।

हात्तीको समूह बिहान झिसमिसेमा सघन वनक्षेत्र पसेका चेरुका बासिन्दाले बताएका छन् । यसअघि लाग्दो पुसमै बस्ती पसेका हात्तीले बर्दिवास–१ को भब्सी, चिहानडाँडा र गालटारमा तीनवटा गोठ भत्काएको थियो । पछिल्ला तीन वर्षयता तीनवटाकै सङ्ख्यामा केही दिनको फरकमा बस्ती पस्ने गरेका हात्तीको समूहले बर्दिवास–३ का पर्साहीधाप, रजवास, कालापानी, पाटु र वरडाँडामा गतदशैँ पर्वको बीचमै पाँचवटा घर भत्काएर बालीनाली माडीमैदान पारेको थियो ।

वर्षेनी जङ्गली हात्तीको बस्ती प्रवेशले यहाँका सर्वसाधारण त्रसित भएका छन् । पछिल्ला तीन वर्षयता बस्ती पस्ने गरेका हात्तीको सङ्ख्या तीनवटै देखिनाले उनै हात्ती घुम्दैफिर्दै यहाँ पस्ने गरेको बुझिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । चुरे पर्वत शृङ्खला छेउछाउ हुँदै विचरण गर्ने गरेको हात्ती केही वर्ष पहिलेदेखि नै चितवन निकुञ्ज क्षेत्रबाट बिच्किएर निस्किएका हुनसक्ने इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले बताउनुभयो ।

पछिल्लो पटक हात्ती बस्ती पसेपछि बर्दिवास नपाका चुरे काछका बासिन्दा राति पालेपहरा बसेर आफ्नो घरबारी र बालीनाली सुरक्षा गर्न पर्ने टुङ्गोमा पुगेका छन् । इप्रका बर्दिवासका प्रनाउ पोखरेलले हात्ती पसेको जानकारी पाउनासाथ तिनलाई लखेट्न स्थानीयवासीको सहयोगमा प्रहरी परिचालित गरिने बताउनुभयो । रासस