• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

भारतको सुरक्षाका लागि दुई नेपाली सैनिकले बगाए रगतको खोला



काठमाडौं। भारतको कश्मिरमा खटिएका दुई नेपाली गोर्खा सैनिकको मृत्यु भएको छ । भारत र पाकिस्तानको कश्मिर बिबाद जारि रहेको बेला पाकिस्तान सैनिक फौजले गरेको जबाफि कारवाहीको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा ९ का ४२ वर्षका सुवेदार गमर बहादुर थापा र ३९ वर्षका रमन थापा रहेको भारतिय मिडियाले जनाएका छन् । पाकिस्तानी सेनाको स्नाइपर आक्रमणमा घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

मिडियाका अनुसार सुवेदार गमरबहादुर थापा १९९३ मा भारतीय सेनामा भर्ती भएका थिए । उनको परिवारमा पत्नी र २ छोरा छन् । भने सुवेदार रमन थापा १९९६ मा भारतीय सेनामा भर्ती भएका थिए । उनको परिवारमा पत्नी र १ छोरा छन् । दुवै नेपालीको शवलाई गोरखपुर पठाइएको बताइएको छ ।