• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण ★   बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

डाक्टरका लापरवाहीले बच्चा र आमाको मृत्यु, आफन्तले जनाए विरोध



काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित शङ्कारापुर अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको छ । मङ्गलबार मूलपानीमा बसोवास गर्ने प्रभा ढुङ्गाना सुत्केरी गराउन शङ्खरापुर अस्पताल पुग्नुभएको थियो ।

सुत्केरी गराउने क्रममा चिकित्सकको लापरवाही र असावधानीका कारण आमा र बच्चा दुबैको मृत्यु भएको भन्दै आफन्तले अस्पताल परिसरमा जम्मा भएर विरोध गरिरहेका छन् । ढुङ्गानाको मृत्यु चिकित्सकको लापरवाहीले भएको भन्दै लापरवाही गर्ने चिकित्सकलाई तत्काल कारवाही गर्नुपर्ने र क्षतिपूर्तिसहितको माग पीडितका आफन्तले राखेका छन् ।

अस्पतालले आमा र बच्चाको मृत्युपछि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाएको थियो । शङ्खरापुर अस्पतालमा मृत्यु भएपछि आफू पन्छिनको लागि अस्पतालले शिक्षण अस्पताल पठाएको भन्दै स्थानीयवासी र आफन्तजनको भीड यतिखेर अस्पताल परिसरमा जम्मा भएको छ ।

शिक्षण अस्पताल महाराजगञ्ज पुग्नेबित्तिकै अस्पतालले मृत घोषणा गरेको आफन्त बताउँछन् । अहिले पीडित र अस्पताल व्यवस्थापनबीच छलफल भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । रासस