• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

टिपरको ठक्करबाट महिलाको मृत्यु



पर्सा । वीरगञ्ज पोखरिया सडक खण्डको गर्दौलमा टिपरले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । ना ६ ख ७२८२ नं को टिपरले ठक्कर दिँदा पोखरिया नगरपालिका–७ निवासी सविना खातुनको मृत्यु भएको हो ।

ना २ ह ३४७३ नं को ट्याम्पुबाट सडकमा लडेकी सविनालाई विपरीत दिशाबाट आउँदै गरेको टिपरले किच्दा उहाँको घटनास्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सविनाको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।