• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे ★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण

जैविक विविधताको संरक्षण नगरे मानव अस्तित्वमा नै खतरा : राष्ट्रपति



चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असरबाट जैविक विविधताको संरक्षण गर्न नसके मानव अस्तित्वमा नै खतरा उत्पन्न हुन सक्ने बताउनु भएको छ ।

१५ औँ चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्नुहुँदै उहाँले भविष्यमा जलवायु परिवर्तनको असरबाट बचाउनेतर्फ सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भविष्यमा जलवायु परिवर्तनको असरबाट चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती, गैँडा र जैविक विविधता लोप हुन पुगे र पर्यटक आउन छाडे भने हाम्रो पर्यटन क्षेत्रमा ठूलो असर पर्ने नै छ ।” उहाँले थप्नुभयो, “भविष्यका सन्ततिलाई समेत यी प्राकृतिक स्रोत र साधन नासोका रुपमा सुम्पिन सकेनौँ भने वन्यजन्तु र वनस्पति त लोप हुने नै छन्, त्योभन्दा बढी समग्र मानव अस्तित्वमा नै खतरा उत्पन्न नहोला भनेर भन्न सकिँदैन ।”

राष्ट्रपति भण्डारीले सर्वश्रेष्ठ चेतनशील प्राणीका रुपमा रहेको मानव समाजलाई समृद्ध बनाई रहन जीवजन्तु र प्रकृतिलाई दुःख दिन र सङ्कट थुपार्नु राम्रो कुरा नभएको बताउनुभयो ।

यस क्षेत्र भएर बग्ने महत्वपूर्ण नदीले चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधतालाई जीवन्त राख्न ठूलो भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले विश्व सम्पदा तथा रामसार सूचीमा सूचीकृत यहाँका सम्पदाको संरक्षण र सम्बद्र्धनमा ध्यान पुर्याउँदा ठूलो संस्कृतिक गन्तव्यको रुपमा रहेको देवघाट क्षेत्रको समेत विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा पर्यावरणमैत्री भौतिक पूर्वाधारको विकास गरी पर्यटन प्रवद्र्धनमा ध्यान दिनु आवश्यक रहेको उहाँले बताउनुभयो । राष्ट्रपति भण्डारीले पर्यापर्यटनको दिगो विकासका लागि सोही अनुकूलको शैक्षिक जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने बताउनुभयो । रासस