• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण ★   बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

भूकम्पसम्बन्धी फोटो प्रदर्शनी



 

काठमाडौँ । भूकम्पले पुर्याएको क्षति र पुनःनिर्माणका काम समेटेर फोटो प्रदर्शनी शुरु भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा आजदेखि नेपाल कला परिषद्मा शुरु भएको प्रदर्शनी तीन दिनसम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले भूकम्पको अवधि र त्यसपछिको पुनःनिर्माणसम्बन्धी गतिविधि समेटेर सङ्ग्रहालय निर्माण गर्ने योजना रहेको बताउनुभयो । प्रदर्शनीले भूकम्प र पुनःनिर्माणको वास्तविक काम जनतासमक्ष पुर्याउन सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पुस्ताको ज्ञान र अनुभवलाई भावी पुस्तालाई हस्तान्तरण गर्न खाँचो छ ।”

प्रदर्शनीमा भूकम्प प्रभावित जिल्लाका करीब १०० फोटो राखिएको छ । प्रदर्शनी चार खण्डमा हुँदैछ । पहिलो खण्डमा भूकम्पपश्चात् भूकम्प प्रभावित व्यक्तिले कसरी एक–अर्कालाई सहयोग गरेका थिए भनेर देखाइएको छ । दोस्रो खण्डमा भूकम्पपछिको जटिल अवस्थाबाट पुनःनिर्माण र पुनःस्थापनामा आएको चरणलाई देखाइएको छ । तेस्रो खण्डमा भूकम्पबाट क्षति पुगेका संरचनाको अवस्था र पुनःनिर्माणपछि तिनीहरूको अवस्थासम्बन्धी तस्वीर राखिएको छ ।

अन्तमा पुनःनिर्माण र पुनःस्थापनाका विभिन्न चरणमा भइरहेका काम तथा गतिविधिसँग सम्बन्धित सामग्री प्रदर्शन गरिएको छ । रासस