• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती ★   देवघाटमा एक सय ४२ आयोजना सम्पन्न ★   अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे ★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

‘निर्वाचनलाई स्वच्छ तुल्याउन सुधारको खाँचो’



काठमाडौँ । निर्वाचनमा जनताको पहुँच बढाउन र विश्वासयोग्य बढाउन विगतको अनुभवबाट निर्वाचन प्रणाली र प्रक्रियामा केही सुधारको आवश्यकता औँल्याइएको छ ।

निर्वाचन विवाद निरुपण कार्यविधिका बारेमा परामर्श गरी राय सुझाव लिन निर्वाचन आयोगले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले नागरिकले शान्तिपूर्ण वातावरणमा ढुक्कका साथ भाग लिने र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन कानून र विधिमा सुधारको खाँचो औल्याउनुभएको हो ।

सो अवसरमा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउने सन्दर्भमा परेका अल्झन हटाउन सरकार र राजनीतिक दल तत्पर हुनुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनका बारेमा उठेको गुनासोलाई समयमै सम्बोधन गर्ने संयन्त्र बनाउनुपर्छ, निर्वाचन कानून भद्धा किसिमको होइन, सरल, संक्षिप्त र बोधगम्य हुनुपर्छ ।” पूर्व कामु प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले विगतको तुलनामा नीति, विधि र प्रविधिको प्रयोगमा निर्वाचन आयोगले फड्को मारेको भएपनि मिति घोषणा गर्ने अधिकार नपाएका कारण निर्वाचन व्यवस्थापन गर्न आयोगलाई हम्मेहम्मे पर्दै आएको छ भन्नुभयो ।

पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले उम्मेदवार र राजनीतिक दलका कार्यकर्तामा जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने मनोविज्ञान विवाद मात्र होइन निर्वाचनको स्वच्छतामा प्रश्न उठने काम भएको बताउनुभयो ।
अर्का पूर्व आयुक्त सूर्यप्रसाद श्रेष्ठले नीतिगत रुपमा सुधार नभएसम्म स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन गर्न आयोगलाई कठिनाइ हुने धारणा व्यक्त गर्नुभयो ।

आयुक्त सुधीरकुमार शाहले विगतको तुलनामा निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्नेमा समाजमा सचेतना र परिपक्कताकोस्तर बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका बेला उठेको विवादको ठीक ढङ्गबाट निर्णय हुन सकेन भने व्यक्ति, उम्मेदवार मात्र होइन, मुलुक नै प्रभावित हुनसक्छ भन्ने पक्षलाई सरोकारबाला पक्षले मनन गर्न आवश्यक छ, निर्वाचन स्वच्छ हुन सकेन भने जनताले लोकतन्त्रप्रति अपनत्व गर्न कठिन हुने छ ।”

आयोगका सहसचिव गिरिजा शर्माले अघिल्लो निर्वाचनका बखत आयोग समक्ष २६ विवाद प्राप्त भएका थिए भने अदालततर्फ १४६ र सबै निर्वाचन सम्बन्धमा सर्वोच्च अदालतमा १११ वटा विवाद दर्ता भएको बताउनुभयो ।

निर्वाचनका सिलसिलामा उत्पन्न हुनसक्ने निर्वाचन विवाद निरुपणको सुनुवाइ प्रक्रियामा एक रुपता, पहुँच स्थापित, पारदर्शीता, स्वच्छ, स्वतन्त्र र विश्वसनीयताका लागि सुनुवाइ तथा प्रतिवेदन प्रक्रियामा एकै प्रकारको कार्यविधि बनाउन आयोगले यो कार्यक्रमको आयोजना गरेको हो । रासस