१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पा काँग्रेसमा संस्थापन इतरको हिमालदत्तको समूह नै विजयी



अ+ अ-

पाल्पा । नेपाली काँग्रेस पाल्पाको नयाँ कार्यसमितिमा सभापति शेरबहादुर देउवा इतरका उम्मेदवारहरु मात्रै विजयी भएका छन् । लोकप्रिय युवा नेता हिमालदत्त श्रेष्ठ नेतृत्वको समूहले जित हासिल गर्दा देउवा पक्षका सवै उम्मेदवार पराजित भएका छन् ।पार्टी मातहतका जिल्ला भित्रका सवै अधिवेशनमा देउवा पक्षका निकै थोरै मात्रै उम्मेदवारहरु विजयी भएकाले जिल्ला समितिमा उनीहरुका उम्मेदवारहरु सवै पराजित भएका हुन ।

देउवा पक्षले कृष्णप्रसाद बस्यालको नेतृत्वमा उम्मेदवारहरु चुनावी मैदानमा उतारेको थियो । बस्याललाई श्रेष्ठले दोब्बरभन्दा बढी मतान्तरले जित्नु भएको हो । बस्यालले ३८१ मत ल्याउँदा श्रेष्ठले उहाँले भन्दा ५०९ मत बढी ८९० मत ल्याएर विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिनुभयो । 
जिल्ला कार्यसमितिमा मतदान गर्न छानिएका अधिकांश क्षेत्रीय प्रतिनिधि काँग्रेसको संस्थापन इतर समूहका भएकाले जिल्ला कार्यसमितिमा पनि उनिहरुकै पक्षका सवै उम्मेदवारले जितेका हुन । 

श्रेष्ठको समूहलाई जिल्ला सभापतिका अन्य आकांक्षीहरु कृष्णप्रसाद अधिकारी, राजेन्द्रगोपाल श्रेष्ठलगायतले सघाउनु भएको थियो । संस्थापन इतरकै नेता मानिदै आउनु भएका यमलाल तिमिल्सीनाले भने संस्थापन इतरले आफुलाई उम्मेदवार नबनाएपछि देउवा पक्षमा लागेर बस्यालका लागि मत माग्नु भएको थियो ।  
वर्तमान जिल्ला सभापति विरबहादुर रानाको नेतृत्वको टोलीले संस्थापन इतरको शसक्त समुह बनाएपछि उनीहरुका सवै उम्मेदवारले जितेको काँग्रेस महासमिति सदस्य तथा रामपुरका मेयर रमण थापाले जानकारी दिनुभयो ।

श्रेष्ठको समूहबाट पार्टीका वर्तमान जिल्ला सचिव तथा पत्रकार महासंघका पूर्व अध्यक्ष झपेन्द्र गहिरे र क्षेत्र नं। १ का पूर्व क्षेत्रीय सभापति ज्ञान बहादुर गाहा उपसभापतिमा निर्वाचित हुनुभएको छ । 
त्यसैगरी जिल्ला सचिवमा क्षेत्र नं. १ कै निवर्तमान क्षेत्रीय सभापति सन्तोषकुमार थापा मगर र नेविसंघकी पूर्व जिल्ला अध्यक्ष तथा काँग्रेसकी महासमिति सदस्य सुनिता अधिकारीले जित हासिल गर्नु भएको छ । 

त्यसैगरी सहसचिवमा मगर विद्यार्थी नेता विष्णु थापा र हामिद मिया निर्वाचित हुनुभएको छ । काँग्रेसको विधानमा उपसभापति, सचिव र सहसचिव दुई दुई जना रहने व्यवस्था छ भने कोषाध्यक्ष पछि मनोनित गर्ने व्यवस्था गरिएको छ ।