• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

संसदमा गिरिजालाई सम्झिदै भावुक भए प्रचण्ड, कांग्रेसलाई सुझाव



काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । संविधानमा व्यवस्था भएका लोकतान्त्रिक गणतन्त्रका व्यवस्थामाथि कुनै पनि प्रश्न नउठाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई सुझाब दिएका हुन् ।

प्रचण्डले काँग्रेस महासमिति बैठकमा हिन्दु धर्मका पक्षमा चलेको बहसप्रति आपति ब्यक्त गरेका छन् । उनले १० बर्ष चलेको युद्धलाई अन्त्य गर्दै देशलाई शान्तिमा ल्याउन तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोईरालाले खेलेको भूमिकाको संझना समेत गरेका छन् । प्रचण्डले भने ‘सहमतिबाटै संविधान कार्यान्वयन गर्नुपर्ने हाम्रो जिम्मेवारी पूरा भईसकेको छैन ।’ ‘संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गर्नु सत्तापक्षको मात्र जिम्मेवारी हैन । त्यो जिम्मेवारी पूरा गरेनौं भने युद्दलाई शान्तीमा परिणत गरेको मेहनत खेर जाने छ । त्यसैले सबै मिलेर संविधान कार्यान्वयन गरे गिरिजाको त्याग खेर जादैन ।

अहिले देशका शिशु अवस्थामा बामे सर्दै छ । यस्तो अबस्थाको अन्त्य गरेनौ भने पछि अप्ठ्यरो अवस्था आउन सक्छ । विगतमा संविधान कै लागि हातेमालो गरेका पार्टीले नै संविधान प्रति आशंका गर्नुले आफुलाई दु : खि बनाएकोले चिन्तित बनाएका बताएका छन् ।

हामीले राष्ट्रिय महत्वका विषयमा त्यो तरिका अपनाउदै राष्ट्रिय मात्र हैन अन्तराष्ट्रिय सन्देश दिदै यहाँसम्म आईपुगेका हौं ।’ संघीय संसदको अधिवेशन सुरु भएको पहिलो दिन विशेष समय लिएर अध्यक्ष प्रचण्ड बोलेका हुन् ।