३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा गिरिजालाई सम्झिदै भावुक भए प्रचण्ड, कांग्रेसलाई सुझाव



अ+ अ-

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । संविधानमा व्यवस्था भएका लोकतान्त्रिक गणतन्त्रका व्यवस्थामाथि कुनै पनि प्रश्न नउठाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई सुझाब दिएका हुन् ।

प्रचण्डले काँग्रेस महासमिति बैठकमा हिन्दु धर्मका पक्षमा चलेको बहसप्रति आपति ब्यक्त गरेका छन् । उनले १० बर्ष चलेको युद्धलाई अन्त्य गर्दै देशलाई शान्तिमा ल्याउन तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोईरालाले खेलेको भूमिकाको संझना समेत गरेका छन् । प्रचण्डले भने ‘सहमतिबाटै संविधान कार्यान्वयन गर्नुपर्ने हाम्रो जिम्मेवारी पूरा भईसकेको छैन ।’ ‘संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गर्नु सत्तापक्षको मात्र जिम्मेवारी हैन । त्यो जिम्मेवारी पूरा गरेनौं भने युद्दलाई शान्तीमा परिणत गरेको मेहनत खेर जाने छ । त्यसैले सबै मिलेर संविधान कार्यान्वयन गरे गिरिजाको त्याग खेर जादैन ।

अहिले देशका शिशु अवस्थामा बामे सर्दै छ । यस्तो अबस्थाको अन्त्य गरेनौ भने पछि अप्ठ्यरो अवस्था आउन सक्छ । विगतमा संविधान कै लागि हातेमालो गरेका पार्टीले नै संविधान प्रति आशंका गर्नुले आफुलाई दु : खि बनाएकोले चिन्तित बनाएका बताएका छन् ।

हामीले राष्ट्रिय महत्वका विषयमा त्यो तरिका अपनाउदै राष्ट्रिय मात्र हैन अन्तराष्ट्रिय सन्देश दिदै यहाँसम्म आईपुगेका हौं ।’ संघीय संसदको अधिवेशन सुरु भएको पहिलो दिन विशेष समय लिएर अध्यक्ष प्रचण्ड बोलेका हुन् ।