• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बित, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

संसदमा गिरिजालाई सम्झिदै भावुक भए प्रचण्ड, कांग्रेसलाई सुझाव



काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । संविधानमा व्यवस्था भएका लोकतान्त्रिक गणतन्त्रका व्यवस्थामाथि कुनै पनि प्रश्न नउठाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई सुझाब दिएका हुन् ।

प्रचण्डले काँग्रेस महासमिति बैठकमा हिन्दु धर्मका पक्षमा चलेको बहसप्रति आपति ब्यक्त गरेका छन् । उनले १० बर्ष चलेको युद्धलाई अन्त्य गर्दै देशलाई शान्तिमा ल्याउन तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोईरालाले खेलेको भूमिकाको संझना समेत गरेका छन् । प्रचण्डले भने ‘सहमतिबाटै संविधान कार्यान्वयन गर्नुपर्ने हाम्रो जिम्मेवारी पूरा भईसकेको छैन ।’ ‘संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गर्नु सत्तापक्षको मात्र जिम्मेवारी हैन । त्यो जिम्मेवारी पूरा गरेनौं भने युद्दलाई शान्तीमा परिणत गरेको मेहनत खेर जाने छ । त्यसैले सबै मिलेर संविधान कार्यान्वयन गरे गिरिजाको त्याग खेर जादैन ।

अहिले देशका शिशु अवस्थामा बामे सर्दै छ । यस्तो अबस्थाको अन्त्य गरेनौ भने पछि अप्ठ्यरो अवस्था आउन सक्छ । विगतमा संविधान कै लागि हातेमालो गरेका पार्टीले नै संविधान प्रति आशंका गर्नुले आफुलाई दु : खि बनाएकोले चिन्तित बनाएका बताएका छन् ।

हामीले राष्ट्रिय महत्वका विषयमा त्यो तरिका अपनाउदै राष्ट्रिय मात्र हैन अन्तराष्ट्रिय सन्देश दिदै यहाँसम्म आईपुगेका हौं ।’ संघीय संसदको अधिवेशन सुरु भएको पहिलो दिन विशेष समय लिएर अध्यक्ष प्रचण्ड बोलेका हुन् ।