• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती ★   देवघाटमा एक सय ४२ आयोजना सम्पन्न ★   अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे ★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

नेपालीमा बोल्दै महतोले प्रचण्डलाई भने– सरकारले केही काम नपाएर होली वाइन खान गएको हो ?




काठमाडौँ । संघीय संसदको आजको बैठकमा एउटा नयाँ दृश्य देखापर्यो– राजपाका नेता राजेन्द्र महतोको नेपाली भाषामा भाषण । उनले अपेक्षाभन्दा बाहिरै बोले, अर्थात राजेन्द्र महतोले नेपाली भाषामा गएको संविधानसभा र त्यसपछिको संसदमा पनि सम्भवत बोलेका थिएनन् । उनलाई दिइएको १० मिनेटको समयमा सबैभन्दा धेरै सरकारका विरुद्धमा आक्रोसा पोखेका थिए । सरकारले केही काम नपाएको हो प्रधानमन्त्रीज्यू ? शुरुमै थियो उनको प्रश्न । र आफैले जवाफ दिँदै भने– हो सरकारले काम नपाएकै हो, र एसिया प्यासिफिक कि कुन्नी के सम्मेलनमा गएको हो । दुवै हात हल्लाउँदै उनले भने– यी यसरी होली वाइन छर्किएर नेपालीलाई चोखो बनाउने र, यस्तो पनि केही तरिका हो ?

सरकारले आफूहरुलाई धोका दिएको उनको भनाई थियो । संविधान संशोधन गर्ने बाचा सरकारले गरेकोले राजपा र लगभग सबैजसो मधेशी दलहरुले सरकालाई समर्थन गरेका र केही सरकारमै गएको भए पनि आजका दिनसम्म पनि सरकारले संविधान संशोधन नगरेको बरु आफूहरुलाई धोखा दिएको उनको भनाई थियो । सरकारले जनताको पक्षमा र विकासको काम गर्न नसकेपछि यस्ता होलीवाइन जस्ता नौटंकी गरेको उनको आरोप थियो ।

संसदमा उनले बोल्दाको अर्काे संकेत पनि थियो– बारम्बार प्रचण्डलाई सम्बोधन । उनले आफूले बोल्ने क्रममा अधिकांश समय प्रचण्डलाई सम्बोधन गरेरै बितएका थिए । उनले सरकारप्रति लक्ष्यगर्दै प्रश्न भने प्रचण्डलाई गर्ने गर्दथे– कि कसो प्रचण्डजी ? र जाने बेलामा पनि उनले म यति भनेर बिदा लिन्छु यो कुरा प्रचण्डजीले सुन्नुहोला । उनले यसरी प्रचण्डलाई सम्बोधन गर्न थालेपछि सांसदहरुले आपसमा कानेखुसी गर्दै थिए किन हो महतोले प्रचण्डलाई मात्र सम्बोधन गर्दैछन् त । केही काँग्रेसी सांसद भन्दै थिए– राजपाले वर्तमान सरकारप्रतिको समर्थन फिर्ता लिने चर्चासँगै प्रचण्डलाई बारम्बार गरेको यो सम्बोधनको अर्थ छ, किनभने अब राजपा यो सरकारको विरुद्धमा जान सक्छ या वर्तमान सरकारको नेतृत्व परिवर्तनको माग पनि राख्न सक्छ । तर त्यस्तो परिणाम भने अहिले नै निस्किने देखिँदैन । तर नेपालीमा संसदमा सम्बोधन गर्ने र सरकारलाई गरेका प्रश्नहरु पनि बारम्बार प्रचण्डलाई ध्यानाकर्षण गराउनुलाई भने संसद भित्र र बाहिर बडो अर्थपूर्ण रुपमा लिइएको छ ।