• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती ★   देवघाटमा एक सय ४२ आयोजना सम्पन्न ★   अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे ★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

दिगम्बर झाले फेरि दिए राजीनामा



काठमाडाैं – नेपाल दूरसंचार प्राधिकरणका विवादास्पद अध्यक्ष दिगम्बर झाले पदबाट फेरि राजीनामा दिनुभएकाे छ । सरकारले उहाँलाई गत भदौमा प्राधिकरण अध्यक्षमा नियुक्ति गरेको थियाे ।

तत्कालीन सूचना तथा संचार मन्त्री माेहन बहादुर बस्नेतले अध्यक्ष झाकाे पहिलाे कार्यकाल समाप्त हुनैलाग्दा पुनः पाँच वर्षका लागि म्याद थप गर्नुभएकाे थियाे । झाकाे पहिलाेपटक २०६९ सालमा नियुक्ति भएकाे थियाे, तर याेग्यतासम्बन्धी मुद्दाका कारण उहाँले पाँच वर्षे पदावधिमा करिब ३ वर्ष मात्र कार्यालयमा उपस्थित भएर कार्य गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री केपी शर्मा अाेली सरकारले गत असार २० गते राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै  माेहन बहादुर बस्नेतले गरेकाे झाकाे पुनः नियुक्ति पनि खारेजीमा परेकाे थियाे ।

झाकाे पुनः नियुक्ति गर्दा समेत भ्रष्टाचारकाे अाशंका गर्दै सर्वत्र अालाेचना भएकाे थियाे ।

तर वर्तमान सरकारले प्राधिकरणकाे कार्यकारी अध्यक्षका लागि गत भदाैमा गरेकाे विज्ञापनबाट समेत झा नै अध्यक्षमा नियुक्त हुनुभयाे । यसपटक समेत भ्रष्टाचारकाे अाराेपमा झा विरूद्ध संसद, नेकपा बैठक एवं सामाजिक संजालमा कटाक्ष गरियाे ।

दिगम्बर झाकाे नियुक्तिलाइ लिएर नेकपाभित्र संचार तथा सूचना प्रविधि मन्त्री गाेकुल बास्काेटाकै राजीनामा समेत माग हुन थालेकाे थियाे ।