• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण ★   बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

चेल्सी र युनाइटेडको सानदार जित, चेल्सीको जितमा हजार्ड नायक



काठमाडौं । इंग्लिस प्रिमियर लिग चेल्सीले वाटफोर्डलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा वाटफोर्डलाई चेल्सीले २–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफको थप समयमा चेल्सीका लागि हजार्डले गोल गर्दै चेल्सीलाई १–० अग्रता दिलाएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा नै वाटफोर्डका रोबेर्टोले गोल गर्दै खेललाई बराबरी ल्याएका थिए ।

तर खेलको ५८औं मिनेटमा हजार्डले पेनाल्टीबाट अर्को गोल थप्दै चेल्सीलाई २–१ गोलको जित दिलाएका हुन् ।

म्यान्चेस्टर युनाइटेडले हडर्सफिल्डलाई ३–१ ले हरायो

इंग्लिस प्रिमियर लिगको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले हडर्सफिल्ड टाउनलाई ३–१ गोलअन्तरले पराजित गर्न गरेको छ ।

बुधबार राति नै भएका अन्य खेलमा एभर्टनले बर्नेलीलाई ५–१ गोलअन्तरले पराजित गर्दा आर्सनल ब्रिगटोनसँग १–१ गोलको बराबरीमा रोकिएका छन् ।

त्यस्तै, फुलहृयाम र वोल्भ्सले १–१ गोलको बराबरी खेल्दा क्रिष्टल प्यालेस र कार्डिफ सिटीले भने गोलरहित बराबरी खेलेका छन् ।