१ पुष २०८२, मंगलवार
,
Latest
पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल बागमती प्रदेशसभा बैठक अनिश्चित मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड महाधिवेशन प्रतिनिधिहरुलाई विष्णु पौडेलको यस्तो आह्वान आहा ! राराताल- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आक्रमणकारी बिरुद्ध मुद्दा दायर



अ+ अ-

काभ्रेपलाञ्चोक । सामान्य विवादका क्रममा खुकुरी र रडले आक्रमण गर्ने तेमाल गाउँपालिका–६ ठूलोपर्सेलका तीन विरुद्ध ज्यान मार्ने उद्योगमा धुलिखेल जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरिएको छ ।

मङ्गलबार साँझ उक्त गाउँपालिका–६ होटलडाँडास्थित बसपार्कमा सामान्य विवादका क्रममा स्थानीय ५० वर्षका रकम तामाङ, २३ वर्षका फन्जु तामाङ र १७ वर्षका पाल्देन तामाङले सोही वडाको कुनीटोलका २७ वर्षीय विकास तामाङ, मोक्तानटोलका २५ वर्षीय पाल्साङ तामाङ र २७ वर्षका अनिल लामालाई खुकुरी र फलामे रड प्रहार गरी घाइते बनाएका थिए ।

घटनामा खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेका पाल्साङ तामाङको धुलिखेल अस्पतालमा उपचार गरी थप उपचारका लागि बुधबार काठमाडाँैस्थित न्यूरो अस्पताल सिफारिश गरिएको स्थानीयवासी समिप त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य दुई घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

केही दिनअघि स्थानीय विद्यालयमा भएको झगडाबारे कुरा भइरहँदा रकम, फुन्जु र पाल्देनसहितले उनीहरूलाई खुकुरी र रड प्रहार गरेको घाइते जाहेरवाला विकास तामाङले बताउनुभयो । उहाँले घटनामा आफ्नो एक तोलाको सुनको सिक्री, आधा तोलाको सुनको औँठी तथा एउटा मोबाइल सेट हराएको बताउनुभयो । प्रहरीले खकुरी र रड बरामद गरी आक्रमण गर्ने तीनै जनालाई पक्राउ गरी हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको जनाएको छ । रासस