• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   मधेसका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने ★   स्मृतिमा मदन भण्डारीसँग बितेका पल ★   पुरानै स्वरुपमा फर्कियो ‘गलकोट कोतघर’ ★   सहीदहरूको नाममा कार्यक्रम गरौँ भन्दा एमाले–कांग्रेसका साथीहरु नगरसभा बैठक रोकेर जानुभो – बालेन ★   साँच्चिकै कम्युनिष्ट शक्ति भए एमालेजस्तै जबजभित्र रहिहाल्छ, नक्कलवादीहरुको चिन्ता लिने कुरा छैन : अध्यक्ष ओली… ★   रोहित सबैभन्दा सफल कप्तान, तोडे बाबर आजमको कीर्तिमान ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता ★   रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती ★   देवघाटमा एक सय ४२ आयोजना सम्पन्न ★   अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे

आँधीका कारण इन्डोनेसियाका २० हजार विस्थापित



जाकार्ता । इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट झण्डै २० हजार विस्थापित भएको पाइएको छ ।

उद्धार कार्यमा खटिएकाहरुले ज्वालामुखी विस्फोटपछि भीषणरुपमा आएको सामूद्रिक छालका कारण धेरै जना विस्थापित भएको विवरण प्राप्त भएको हो ।

फेरी पनि ज्वालामुखी आउने डरका कारण पनि कतिपय विस्थापित आफ्नो घरमा नफर्किएको अधिकारीहरुले बुधबार जनाएका छन् ।

इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीका कारण विस्थापित हुनेहरुको कुल सङ्ख्या २१ हजार नौ सय २१ रहेको छ ।

प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले दिनप्रतिदिन विस्थापित हुनेहरुको सङ्ख्या बढ्दै गएको विवरण आएको बताउनुभयो ।

घटनामा परी अहिलेसम्म चार सयभन्दा बढीको मृत्यु भएको छ भने १४ सयभन्दा बढी घाइते भएका छन् ।

खोजी तथा उद्धारकार्य अझै पनि जारी रहेकाले मृतक, घाइते र विस्थापितको सङ्ख्या अझै बढ्नसक्ने सुटोपोले बताउनुभयो ।

प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवन ध्वस्त भएको प्रवक्ता सुटोपोको भनाई छ ।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ । शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीले ‘क्राकाटोआ’ नामकरण गरेका छन् ।
भौगर्भिक अधिकारीले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुद्रमुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।

यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो । यसअघि जुन, अगस्ट र सेप्टेम्बरमा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीका कारण दुई हजार २०० व्यक्तिको मृत्यु भएको थियो । रासस