१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानले अफगानी तालिबान लडाकूसँग वार्ता गर्ने



अ+ अ-

तेहरान । इरानले अफगानी तालिबान लडाकूहरुसँग वार्ता गर्ने भएको छ । वार्ताका लागि प्रक्रिया शुरु भइसकेको इरानका एक उच्च सुरक्षा अधिकारीले बताउनुभएको तास्निम समाचार समितिले बुधबार जनाएको छ ।

अफगान तालिबानसँगको वार्तालाई अगाडि बढाउने अफगान सरकारलाई सूचना गरिएको इरान सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि शामखानीले बताउनुभयो ।

वार्ताको तिथिमितिलगायत विस्तृत विवरण भने अहिलेसम्म घोषणा गरिसकिएको छैन । तालिबान लडाकू समूहसँग हुन गइरहेको वार्ताको विषयमा शामखानीले अफगान उच्चस्तरीय अधिकारीहरुसँग वार्ता गर्नुभएको थियो ।

काबुलको भ्रमणको क्रममा बुधबार उहाँ वार्ता गर्नुभएको तास्निम र विभिन्न समाचार समितिहरुले जनाएका छन् ।

इस्लामिक गणतन्त्र यस देशले अफगानिस्तानको क्षेत्रीय, स्थायित्व सुरक्षा मुद्दाहरुलाई सधैँ सहयोग गर्दै आएको पनि शामखानीले बताउनुभएको छ । रासस




भर्खरै