५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानले अफगानी तालिबान लडाकूसँग वार्ता गर्ने



अ+ अ-

तेहरान । इरानले अफगानी तालिबान लडाकूहरुसँग वार्ता गर्ने भएको छ । वार्ताका लागि प्रक्रिया शुरु भइसकेको इरानका एक उच्च सुरक्षा अधिकारीले बताउनुभएको तास्निम समाचार समितिले बुधबार जनाएको छ ।

अफगान तालिबानसँगको वार्तालाई अगाडि बढाउने अफगान सरकारलाई सूचना गरिएको इरान सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि शामखानीले बताउनुभयो ।

वार्ताको तिथिमितिलगायत विस्तृत विवरण भने अहिलेसम्म घोषणा गरिसकिएको छैन । तालिबान लडाकू समूहसँग हुन गइरहेको वार्ताको विषयमा शामखानीले अफगान उच्चस्तरीय अधिकारीहरुसँग वार्ता गर्नुभएको थियो ।

काबुलको भ्रमणको क्रममा बुधबार उहाँ वार्ता गर्नुभएको तास्निम र विभिन्न समाचार समितिहरुले जनाएका छन् ।

इस्लामिक गणतन्त्र यस देशले अफगानिस्तानको क्षेत्रीय, स्थायित्व सुरक्षा मुद्दाहरुलाई सधैँ सहयोग गर्दै आएको पनि शामखानीले बताउनुभएको छ । रासस