• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   फिल्म ‘कल्की २८९८ एडी’ हलमा हेर्न जाँदा ठिक कि ओटीटीमा कुर्दा राम्रो ? ★   रथि सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधान सेनापतिले जवाफ दिनुपर्छ: प्रभु साह ★   मधेसका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने ★   स्मृतिमा मदन भण्डारीसँग बितेका पल ★   पुरानै स्वरुपमा फर्कियो ‘गलकोट कोतघर’ ★   सहीदहरूको नाममा कार्यक्रम गरौँ भन्दा एमाले–कांग्रेसका साथीहरु नगरसभा बैठक रोकेर जानुभो – बालेन ★   साँच्चिकै कम्युनिष्ट शक्ति भए एमालेजस्तै जबजभित्र रहिहाल्छ, नक्कलवादीहरुको चिन्ता लिने कुरा छैन : अध्यक्ष ओली… ★   रोहित सबैभन्दा सफल कप्तान, तोडे बाबर आजमको कीर्तिमान ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता ★   रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

एक महीनामा पाँच हेलिप्याड निर्माण



गलेश्वर । आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि म्याग्दीका प्रत्येक वडामा हेलिप्याड बनाउने अभियानले तीव्रता पाएको छ ।

दुई महीनाभित्र जिल्लाका ६ वटै स्थानीय तहका ४५ वटै वडामा हेलिप्याड निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानअन्तर्गत एक महीनाको अवधिमा जिल्लाका मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाका पाँच वडामा हेलिप्याड निर्माण भइसकेका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो ।

प्रजिअ अधिकारीले दिएको जानकारीअनुसार मालिका गाउँपालिका देवीस्थान, मङ्गला गाउँपालिका–२ हिदी, रघुगङ्गा गाउँपालिका–६ पाखापानी, मालिका गाउँपालिका–२ रुम र कुहूँको महभीरमा हेलिप्याड निर्माण भइसकेको छ । अन्य वडामा पनि हेलिप्याड निर्माणका लागि स्थल छनोटको काम भइरहेको जनाइएको छ । एउटा हेलिप्याड बनाउन करीब रु ३० हजार खर्च लाग्छ ।

स्वास्थ्य केन्द्र आसपासका क्षेत्रमा हेलिप्याड बनाउन जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहसँग सहकार्य गरेको छ । सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि ‘एयर एम्बुलेन्स’ शुरू गरेपछि वडास्तरमै हेलिप्याड बनाउन थालिएको हो ।

विकट वडाको एक बस्तीबाट अर्कोमा पुग्न एक दिनसम्म लाग्ने भएकाले एउटै वडामा तीन वटासम्म हेलिप्याड आवश्यक पर्ने स्थानीय जनप्रतिनिधिले औँल्याएका छन् । हेलिप्याडले आन्तरिक तथा बाह्य पर्यटकको आवतजावतसमेत सहज बनाउने विश्वास लिइएको छ । रासस