• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण ★   बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

सन्दिपले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए



काठमाडौं। अस्ट्रेलियाको घरेलु क्रिकेट बिग ब्यास लिगमा नेपाली बलर सन्दिप लामिछाने २ विकेट लिएका छन् । टस जितेर बलिङ रोजेको मेलवर्नले सिड्नी सिक्सर्सलाई ब्याटिङको निम्तो दिएको थियो ।

सिड्नी सिक्सर्स बिरुद्दको आफ्नो तेस्रो खेलमा पनि सन्दिपले सुरुमै प्रभावशाली खेल देखाए हुन् । पहिलो ओभर सम्हालेर खेलेका सन्दिपले ४ रन खर्चेका थिए । उनले कुल १८ रन खर्चेर २ विकेट लिएका हुन् ।

डेब्यू खेलमा दुई विकेट लिएर आफ्नो प्रभाव छाडेका उनले दोस्रो खेलमा तीन विकेट लिए ।

लिगको तीन चरणको खेल चलिरहँदा सन्दीप कुल ७ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । सिड्नी थन्डरका ड्यानियल साम्सले ६ र एडिलेड स्ट्राइकर्सका रासिद खानले ५ विकेट लिएका छन् ।