• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

राजदूत फिर्ता गर्ने सरकारको निर्णय, फर्किन तीन साताको समय



काठमाडौँ । सरकारले राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । पछिल्लो समय विवादमा परेका तीन राजदूदालाई फिर्ता गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । उनीहरूलाई नेपाल फर्कन तीन साताको समय दिइएको छ ।
मन्त्रिपरिषद् बैठकले राजदूतहरू भरतबहादुर रायमाझी (स्पेन), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र डा. चोपलाल भुसाल (बंगलादेश), लाई फिर्ता गर्ने निर्णय गरेको हो ।

सिंह र भुसाल कांग्रेस तथा रायमाझी राप्रपाको कोटामा राजदूत बनेका थिए । देउवाकै पालामा तत्कालीन माओवादी कोटामा नियुक्त तीन राजदूतमध्ये लक्की शेर्पा (अस्ट्रेलिया) विवादमा परेकी छन् उनलार्इ उनकै सहयोगीले विवादित बनाएका हुन ।