• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

ठेकेदारले काम नगर्दा काठमाडौंमा धुलो घटेन : विद्यासुन्दर



काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ठेकेदारहरुका कारण सहर परिर्वन हुन नसकेको आरोप लगाएका छन् । उनले ठेकेदारहरुले गर्दा आफ्नो पहिलो लक्ष्य धुलोमैलो व्यबस्थापन गर्ने कुरामा भाजो हालेको बताएका हुन ।

पछिल्लो समय दिनहुँ महानगर भित्र सफाइको काम नियमित रुपमा भएपनि बिभिन्न ठाउमा चलिरहेका विकास निर्माणका कामले धुलो उडेर सडकमा आउने गरेको दावी गरेका हुन् ।

काठमाडौंलाई सुन्दर बनाउन महानगरपालिका र आफुले निकै मिहिनेत गरिरहेपनि जनताले नबुझेको उनको भनाइ छ ।

बिहीबार धराहरा पुनर्निर्माण शिलान्यास समारोहमा प्रमुख शाक्यले भने, ‘सडक विभाग र हामी सहकार्य गरेर अगाडि बढिरहेका छौं तर, ठूला ठूला निर्माणस्थलबाट आउने धुलो हामीलाई धेरै दुःख दिइरहेको छ ।’

जेट मेसिन र पुरानै ब्रुमर प्रयोग गरेर भए पनि सडकका धुलो सोहोर्ने, पानी छर्किने, रुखमा टाँसिएका धुलो तान्ने प्रयास अर्थहीन भइरहेको उनको भनाइ छ ।