• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण ★   बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

कति पटक डाउनलोड भयो गुगल डुओ एप ?



गुगलको मेसेजिङ एपका लागि यो वर्ष न् २०१८ खासै सुखद रहेन । किनकी गुगलले यहीँ वर्ष आफ्नो मेसेजिङ एप ब्ििय बन्द गर्ने घोषणा गर्यो ।

तर वर्षको अन्त्यतिर भने गुगलका लागि केही सुखद खबर प्राप्त भएको छ । किनकी गुगलको एउटा भिडियो कलिङ तथा मेसेजिङ एपका प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ ।

गुगलको भिडियो कलिङ तथा मेसेजिङ एप म्गय लाई गुगल प्ले स्टोरमार्फत १ अर्ब भन्दा बढि पटक डाउनलोड गरिएको छ ।

एन्ड्रोइड पोलिसको रिपोर्ट अनुसार डिसेम्बर महिनाको सुरुमै डुओ एपले १ अर्ब डाउनलोडको कोशेढुंगा पार गरेको छ ।

गुगल डुओको निर्माण तथा इन्जिनियरिङ्ग प्रमुख जस्टिन उबर्टीले पनि यो तथ्यलाई ट्विट मार्फत पुष्टि गरेका छन् ।

उबर्टीले ट्विटमा भनेका छन्, ‘सन् २०१८ मा गुगल डुओका लागि एउटा अर्को कोशेढुंगा । तपाइँका फोन, ट्याब्लेट तथा क्रोमबुकमा डुओमार्फत गुणस्तरीय भिडियो कलिङको अनुभव लिनुहोस् । हामीसँग सन् २०१९ का लागि अझै धेरै गर्न बाँकी छ ।’

गत जुलाई महिनामा डुओ एपको डाउनलोड संख्या ५० करोड पुगेको थियो । पछिल्लो ६ महिनामा त्यो संख्या दोब्बरले बढेको हो ।

स्काइपी तथा एप्पलको फेसब टाइमको प्रतिस्पर्धीको रुपमा गुगलले सन् २०१६ मा डुओ एप लञ्च गरेको थियो । सुरुवाती अवस्थामा यो एपले खासै प्रभाव पार्न नसकेपनि पछिल्लो समयमा यसको लोकप्रियता बढिरहेको छ ।

डुओ एपको लोकप्रियता बढ्दै जानुमा यो एप विभिन्न प्लाटर्फममा उपलब्ध हुनु हो । गुगलले डुओ एप्लाई आइप्याड, एन्ड्रोइड ट्याब्लेट, क्रोमबुक तथा स्मार्ट डिस्प्लेहरुमा उपलब्ध गराएको छ । जसका कारण प्रयोगकर्ताले आफुलाई मनपर्ने ग्याजेटबाट यो एप प्रयोग गर्न सक्दछन् । एजेन्सी