२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउसी–भैलोबाट उठेको रकम सामाजिक कार्यमा



अ+ अ-

रुपन्देही । स्थानीयवासीको अगुवाइमा बुटवलमा सिसी क्यामरा जडान गरिएको छ ।

प्रगति टोल विकास संस्था, प्रगति आमा समूह र प्रगति टोल युवा परिवारले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट बुटवल उपमहानगरपालिकाको वडा नं ६ र ८ का अस्पताल अगाडिको भुडकीचोकदेखि हिलपार्क जाने पुलसम्म आठ सिसी क्यामरा जडान गरेका हुन् ।

ती क्यामराको निगरानी सुख्खानगरस्थित प्रहरी चौकीले गर्ने छ । सडक दुर्घटना र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जडान गरिएको क्यामरा बिहीबारबाटै सञ्चालनमा आएको टोल विकास संस्थाका उपाध्यक्ष नवराज चापागाईंले जानकारी दिनुभयो । रासस