२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोधी श्रवण धर्म संघले भन्यो, ‘बम्जनमाथि लगाइएका आरोपहरु कपोकल्पित हुन्’



अ+ अ-

काठमाडौं – बोधी श्रवण धर्म संघले आफ्ना गुरु रामबहादुर बम्जनमाथि लगाइएका आरोपहरु निराधार, भ्रामक र कपोकल्पित रहेको स्पष्ट पारेको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर हालै आनी बनेर आश्रममा बसेका केही मानिसहरु बेपत्ता पारिएको भन्दै आफ्नो गुरु बमजनमाथि कपोकल्पित आरोप लगाएको जिकिर गरेको हो ।

संस्थाका संस्थापक अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले राम बहादुर बम्जन महासम्बोधी धर्म संघ गुरु भएको दाबी गर्नुभएकाे छ ।

उहाँले भन्नुभयाे, ‘२०७१ सालसम्म कुनैपनि चेला र चेली राख्ने, आनी बनाउने प्रचलन थिएन, आनी बन्ने प्रक्रिया २०७१ सालपछि सूरु भएको हो, त्यसको सम्पूर्ण रेकर्ड हामीसँग छ । सम्बन्धित व्यक्तिको परिवार र अभिभावकको स्वीकृति बिना कोही पनि आनी राखेका छैनौं, राख्नपनि हाम्रो धर्मले मिल्दैन, जे जति छन् त्यसको बारेमा जिम्मेवारी र संस्थाले खेल्नुपर्ने भूमिका खेल्छ, गुरु कुनै एक स्थानबाट अर्को स्थानमा जानु अगाडि नेपाल सरकारको गृहमन्त्रालय र स्थानीय प्रशासनसँग पत्राचार गरेरमात्रै भ्रमणमा निस्किनुहुन्छ, गुरुको सम्पुर्ण जानकारी नेपाल सरकारसँग छ ।’

छ वर्ष लामो तपस्यापछि महासम्बोधी गुरुको रुपमा बम्जन प्रकट भएको उल्लेख गर्दै उहाँले भन्नुभयाे, ‘अहिले उहाँमाथि कपोकल्पित र झुठा आरोप लगाएर बद्नाम गर्ने काम भएको छ, यो कुरा जायज छैन । उहाँ आत्मा र परमात्माबीचको सेतुको रुपमा चोला फेर्नुभएको हो, धमिरा लागेको शरीरमा अग्नि बलेर सेता कपडामा परिणत हुनुभएको हो । हामीलाई विश्वास छ, उहाँमाथिको आरोप पूरा भ्रम हो, सुनियोजित रुपमा प्रहार गरिएको हो।’

त्यस्तै बोधी श्रवण धर्म संघका केन्द्रीय सदस्य एवम् पूर्व माओवादीका नेता भूमिनन्द देवकोटाले बम्जनका बिरुद्धमा षड्यन्त्रपूर्वक प्रहार गरिएको जिकिर गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘म उहाँको भक्त होइन, न म उहाँको चेला नै हो । तर, उहाँको बारेमा विद्यावारिधि गर्नको लागि म उहाँसँग नजिएको व्यक्ति हुँ, मैले जुन विश्वास गरेको छु, त्यसको आधारमा भन्नुपर्दा उहाँमाथि देशी विदेशीहरु लागेर मौलिक धर्ममाथि प्रहार हुँदैछ । उहाँ यस धर्तीमा महान मानिसको रुपमा जन्मिनुभएको छ ।’

उहाँले थप भन्नुभयाे,  ‘आफूहरुलाई पीडित भन्नेहरुलाई आश्रममा प्रवेश निषेध छैन, आनी बन्नेहरुको बारेमा सबै रेकर्ड हुन्छ, सबै जानकारी रहन्छ, यो धर्मले शून्यतावादको मान्यता मान्दछ । मानिसहरुको बीचमा रङ्ग विभेदको अन्त्य चाहन्छ, गुरु स्वयमले विवाह गर्नु भएको छ, अरुलाई पनि विवाह गर्नुहोस् भनेर भन्नुहुन्छ ।’

कार्यक्रममा संस्थाका सह–सचिव मैत्रीय केवल, पूर्व अध्यक्ष कमानसिंह लामा, केन्द्रीय सदस्य ढुण्डीराज बम्जन, जसबहादुर वाईवालगायतले बम्जनमाथि लागेका आरोपहरुको खण्डन गरेका थिए ।