३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक बर्षमै जनताको जीवन सुखी र राष्ट्र समृद्ध बन्ने छ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान सफल बनाउने उल्लेख गरेका छन् । उनले उक्त अभियानलाइ सबै नेपालीले सफल पार्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा नेपाली जनतालाइ शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको संघारमा नपुग्दै आफ्नो अभियानलाइ सार्थक बनाउने बताएका छन् । उनले भने, जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा यो बर्ष नभएपनि अर्के बर्षमा पुग्ने छ ।

‘निर्वाचनमार्फत् प्रकट जनचाहना र हाल जनताबाट आएको गुनासोलाई शीरमा राख्दै मैले पटकपटक संकल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन’ प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् । प्रधानमन्त्री ओलीले यो अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायको साथ सहयोग रहने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सन् २०१८ मा संविधान कार्यान्वय र संक्रमणकाल अन्त्यको भएको उल्लेख गर्दै यो बर्ष राजनीतिक उपलब्धिको वर्ष भएको बताएका छन् ।