५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

त्रिशूलीमा बेपत्ता तामाङ भेट्टिएनन्

त्रिशूलीमा बेपत्ता तामाङ भेट्टिएनन्
अ+ अ-

बेत्रावती । चोरीको अभियोगमा पक्राउ परी प्रहरी नियन्त्रणबाट भागेर त्रिशूली नदीमा हामफालेका रसुवा उत्तरगया गाउँपालिका–२ का मैते तामाङको अवस्था अझै अज्ञात छ । उनलाई नदीमा गोताखोरको टोलीले भेट्टाउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।

गत पुस ४ गते त्रिशूली नदीमा पसेर बेपत्ता भएका १९ वर्षीय तामाङको खोजीका लागि सोमबार सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालीम केन्द्र कुरिनटारबाट आएको गोताखोरको टोलीले दिनभर खोजी गरे पनि भेट्टाउन नसकेको हो । सशस्त्र प्रहरी नायब निरीक्षक प्रल्हाद सिलवालको नेतृत्वको गोताखोर टोलीले तामाङ नदीमा पसेको स्थान पैरेबेँसीदेखि त्रिशूली जलविद्युत् केन्द्रमा पानी लगेको बाँधस्थल अक्करेसम्म खोजी गरे पनि भेट्टाउन नसकेको नुवाकोट प्रहरीले जनाएको छ ।

केन्द्रको बाँधस्थललगायतका ठाँउमा यसअघि नै खोजी गरे पनि भेट्टाउन नसकेपछि थप स्थानमा खोजीका लागि सोमबार गोताखोरको टोली परिचालन गरिएको थियो । उक्त टोलीले पनि भेट्टाउन नसकेपछि खोजीको वैकल्पिक उपाय अपनाउनुपर्ने देखिएको डिएसपी भट्टराईले भन्नुभयो ।

गत पुस ३ गते राति माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरीको अभियोगमा तामाङसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यही अभियोगमा अनुसन्धान तथा कारवाहीका लागि प्रहरी कार्यालय ल्याउने क्रममा पँैरेबँेसीमा आएपछि शौच गर्ने बाहनामा उनी त्रिशूली नदीमा पसेर बेपत्ता भएका थिए । तामाङ आफँै नदीमा पसेको नभई प्रहरीले बगाइदिएको भन्दै विरोधमा स्थानीयवासीले पुस ४ मा मैलुङ प्रहरीचौकी तोडफोड गरी दुई प्रहरीलाई घाइते बनाइदिएका थिए । सोही क्रममा प्रहरीले पाँच राउण्ड हवाईफायरसमेत गर्नुपरेको थियो । रासस