३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा धन कमाउन गएका २३ युवा सम्पर्कबिहीन



अ+ अ-

धादिङ । धादिङबाट विदेश गएका २३ जना युवा सम्पर्कबिहीन भएका छन् । जसमध्ये केहि व्यक्ति १६ वर्षदेखि सम्पर्कमा नआएको उनिहरुका आफन्तले बताएका छन् ।

घर सल्लाह अनुसार नै विदेशमा धन कमाउन गएकाहरु एका एक बर्षौदेखी सम्पर्क बिहिन भएपछि आफ्न्तहरुलाइ पिरोल्न थालेको छ । जिल्ला प्रशासन धादिङका अनुसार हालसम्म मलेसिया १२, कुवेतमा ४, साउदी अरब र सिरियामा २–२ तथा जर्जियामा एक जना हराएका छन् ।

उनीहरु झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, कुम्पुर, त्रिपुरेश्वर, जोगीमारा, थाक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटार र नीलकण्ठका रहेका छन् । बेदैशिक रोजगारीमा जाने कामदार बेपत्ता हुने क्रम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयमा परिवारका सदस्यले उद्धारका लागि सूचना तथा परामर्श केन्द्रमा उजुरी दिने क्रम बढ्दो छ ।

जिल्ला प्रशासन कार्यालय नजिकै वैदेशिक रोजगारीमा जानेका लागि स्विस सरकारको सहयोगमा आप्रवासी सुचना केन्द्र सन्चालनमा रहेको छ । वैदेशिक रोजगारको विषयमा केन्द्रबाट परामर्श गर्ने, उद्धार,न्याय तथा निशुल्क सिपको लागी सहयोग गर्दै आईरहेको छ ।