५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको शपथ ग्रहण

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको शपथ ग्रहण
अ+ अ-

साओ पाउलो । ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले मङ्गलबार राष्ट्रपति पदको शपथ ग्रहण गर्नुहुने भएको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कार्यकालमा आमजनताले ठूलो आशा र भरोसा व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका “फ्यान” बताउने ६३ वर्षीय बोल्सोनारो आफ्ना भ्रष्टाचार विरोधी अभियान र बन्दुक राख्न दिने नीतिको पक्षधरका कारण शक्तिमा पुग्नुभएको हो । पूर्व सैनिक बोल्सोनारोका नीतिलाई ब्राजिलका रुढीवादी र दक्षिणपन्थीहरुले खुलेर प्रशंसा गरेका छन् ।

यसअघि लगातार चार पटक बामपन्थी रुझानको वर्कर्स पार्टीका नेताहरु राष्ट्रपतिमा विजयी भएका थिए । सत्तारुढ दलमाथिको तीव्र विरोध गरेकै कारण बोल्सोनारो विजयी भएको बताइन्छ ।

ब्राजिलको राजधानी साओ पाउलोमा बोल्सोनारोको सपथ ग्रहणमा लाखौं मानिस भेला हुने अपेक्षा गरिएको छ । सपथ कार्यक्रममा भाग लिन विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख एवं प्रतिनिधि सहभागी हुँदैछन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ पनि साओ पाउलो पुग्नुभएको छ ।

ब्राजिलमा उच्च सुरक्षा व्यवस्था गरिएको छ । कार्यक्रमलाई सफल बनाउन तीन हजार प्रहरी खटाइएको छ । सैनिक ट्याङ्क, लडाकू विमान र विमानभेदी क्षेप्यास्त्र पनि प्रदर्शन गरिँदैछ ।

कार्यक्रममा सुरक्षा व्यवस्था उच्च पार्न बोल्सोनारोले नै आग्रह गर्नुभएको हो । सेप्टेम्बरमा चुनावी र्यालीमा छुरा प्रहार गर्दा बोल्सोनारो स्वयम् गम्भीर घाइते हुनुभएको थियो । बोल्सोनारोका छोराले अतिवादीले फेरि पनि बुबामाथि आक्रमण हुने खतरा औंल्याएका छन्, तर सुरक्षा अधिकारीहरुले यस बारेमा केही बोलेका छैनन् ।

बोल्सोनारोका वातावरण, विवाह र आर्थिक नीतिहरुमाथि चौतर्फी विरोध शुरु भइसकेको छ । संविधान र स्वतन्त्रताको अपहरण हुने र दक्षिणपन्थी अतिवाद हावी हुने अनुमान केही विश्लेषकले गरेका छन् ।

बोल्सोनारोको २२ सदस्यीय मन्त्रिपरिषदमा सात जना पूर्व सैनिक रहेकाले पनि त्यो आशंका व्यक्त गरिएको हो । सन् १९६४ देखि १९८५ सम्मको प्रशासन बाहेक अरु समयमा यति ठूलो संख्यामा सैनिकहरु मन्त्रिपरिषदमा सामेल थिएनन् । विपक्षीहरुले सैनिक तानाशाही शासन व्यवस्थाको पुनरागमन हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । तर, बोल्सोनारोले मुलुकको संविधानलाई पूर्ण सम्मान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

रासस