५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

जोशीले अदालतलाई निकास दिने राणाको विश्वास

जोशीले अदालतलाई निकास दिने राणाको विश्वास
अ+ अ-

 


काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई आजको मुद्दामा पेशी तोक्नु भएन ।

अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा बारम्बार प्रश्न उठेको हुनाले आजदेखि नै आफूले न्यायाधीश जोशीलाई मुद्दाको पेशी नतोकेको राणाको भनाइ थियो । आगामी दिनमा पनि उहाँलाई पेशी नतोक्ने राणाको योजना छ ।

“यदि हाम्रा कारण९हामीले छाड्दा अदालतको जनआस्थामा वृद्धि हुन्छ भने हामी बाटो लाग्नुपर्छ, बाटो लाग्न हामी तयार हुनुपर्छ, न्यायालयलाई बारम्बार विवादमा ल्याउने काम गर्नुहुँदैन”, राणाले भन्नुभयो, “अदालतलाई अझै विवादमा ल्याउनु हँुदैन भनेर उहाँलाई मुद्दाको पेशी नतोकिएको हो, भविष्यमा पनि तोकिने छैन ।” प्रधानन्यायाधीश राणाले जोशीले अदालतलाई निकास दिनुहुनेछ भन्ने विश्वास लिएको बताउनुभयो । “ यदि कोही न्यायाधीशका कारण अदालत विवादमा आउँछ भन उसले निकास दिनुपर्छ”, उहाँले स्पष्ट पार्नुभयो ।

राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उहाँले आजको मुद्दाको पेशी तोक्ने काम गर्नुभयो । सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्ने अधिकार प्रधानन्यायाधीशलाई छ । सोही पेशी तोक्ने क्रममा उहाँले आजदेखि नै जोशीलाई मुद्दामा पेशी तोक्नु भएन । जोशी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणाले पदबहाली गर्ने क्रममा आउनुभएको थियो तर पेशी नतोकिएपछि उहाँ पत्रकार सम्मेलनमा उपस्थित हुनुभएन ।

पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश राणाले आफैँले संसदीय सुनुवाइका क्रममा न्यायलयको छवि उच्च पार्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै भन्नुभयो, “सार्वभौमसम्पन्न संसदीय सुुनुवाइ समितिको निर्णयलाई मान्नुपर्छ, त्यो निर्णयलाई सम्मान गर्छु भनेर प्रतिबद्धता गरेको छु ।” उहाँले संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अयोग्य ठहर गरेको न्यायाधीशलाई सर्वोच्च अदालतमा राखेर झन् विवादित पार्न नहुने हुँदा आफूले सो निर्णय लिनुपरेको उल्लेख गर्नुभयो ।

जोशी आफ्नो स्कूल कलेजको सहपाठी भएको स्मरण गराउँदै उहाँले जोड्नुभयो, “प्रधानन्यायाधीशको पदबाट साथी भाइको नाताले हेर्न मिल्दैन, वरिष्ठ न्यायाधीशको हिसाबले अदालतलाई बन्धक बनाउनु हुँदैन, निकास दिनुपर्छ भन्ने हिसाबले मैले गम्भीर निर्णय लिएँ ।” उहाँले न्यायालयको छविलाई माथि उठाउनका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीश राणाले आगामी दिनमा न्यायालयलाई विवादरहित तरिकाले आगाडि बढाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । “अदालतका सम्पूर्ण न्यायाधीश एउटा परिवार हो, हामी कोहीबाट पनि विवादित हुने खालका काम हुनु हुँदैन, हिजोका दिनमा भएका विवादका भ्रमलाई पनि चिर्ने गरी काम गर्नुपर्छ ।”

न्यायालयमा संविधानको रक्षा र व्याख्या गर्ने मूल काम भएको हुँदा नागरिकको न्यायमा सहज पहुँच पु¥याउने तरिकाले काम गर्ने कार्ययोजनासमेत उहाँले सुनाउनुभयो । न्यायाधीशलाई मर्यादित बनाउनका लागि बनाइएको आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्ने र बालक, वृद्धा, अपाङ्गता भएका व्यक्तिका लागि विशेष प्राथमिकता दिएर मुद्दा हेरिने बताउनुभयो । मङ्गलबार संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा सर्वसम्मतले राणाको नाम अनुमोदन भएको थियो । आजै उहाँले शपथ लिएर पदभार ग्रहण गर्नुभएको हो । उहाँको कार्यकाल चार वर्षको छ ।
रासस