६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चन्द्रमाकाे सुदूर भेगमा चिनियाँ यान अवतरण

चन्द्रमाकाे सुदूर भेगमा चिनियाँ यान अवतरण
अ+ अ-

बेइजिङ – चिनियाँ यान पहिलोपटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ। चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई—४ नामको यान अवतरणको औपचारिक घोषणा गरेको हो।

यान पृथ्वीबाट टाढा पर्ने पल्लोछेउको खाडलमा अवतरण भएपछि चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले मानवद्वारा चन्द्रमाको खोजीमा नयाँ अध्याय सुरु भएको उल्लेख गरेको छ। पृथ्वीबाट चन्द्रमाको एउटा छेउ मात्र देखिन्छ। पृथ्वीबाट नदेखिने क्षेत्रलाई ‘अन्धकार क्षेत्र’ भनिन्छ। नासाको एपोलो मिसनअन्तर्गतको यान पृथ्वीबाट देखिने क्षेत्रमा अवतरण गरेको थियो।

यसअघि चन्द्रमामा पुगेका यानले पृथ्वीको पल्लो क्षेत्रको अवलोकन मात्र गरेका थिए तर अवतरण गरेका थिएनन्। पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो छेउको सतहमा पहिलोपटक यान अवतरण हुनुलाई विश्वभरका वैज्ञानिक र विज्ञानसँग सम्बन्धित संघसंस्थाले विज्ञानका क्षेत्रमा विशेष उपलब्धि भनेका छन्। चिनियाँ यान अवतरणप्रति अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ट्विटमार्फत बधाई दिँदै भनेको छ, ‘यो मानवताका लागि नयाँ र प्रभावकारी सफलता हो।’

अवतरण भएको यानले तस्बिरहरू पठाएको छ। पहिलोपटक चन्द्रमाको दूर कुनामा अवतरण भएपछि नजिकको तस्बिर पठाएको हो। अन्तरिक्षमा प्रभाव जमाउने होडबाजीमा चीन निकै ढिलो गरी सहभागी भएको हो। तर, उसले छोटो समयमा संयुक्त राज्य अमेरिका र रुसजस्ता अन्तरिक्षको प्रतिस्पर्धामा अगाडि रहेका देशलाई उछिन्ने दिशामा बढेको विश्लेषण अन्तरिक्षसम्बन्धी ज्ञाताहरुले गरेका छन्।

पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो छेउको सतहमा पहिलोपटक यान अवतरण हुनुलाई विश्वभरका वैज्ञानिक र विज्ञानसँग सम्बन्धित संघसंस्थाले विज्ञानका क्षेत्रमा विशेष उपलब्धि भनेका छन्।

मकाउ विश्वविद्यालयको विज्ञान र प्रविधि विषयका प्राध्यापक जु मेङहुवाले भने, ‘यो अन्तरिक्ष मिसनले चीन गहिरो अन्तरिक्ष खोजमा उन्नत अवस्थामा पुगेको देखाएको छ।’ अमेरिकीहरुले प्रयत्न नगरेको कार्य चिनियाँ जनताले गरेर देखाएको उनले बताए।

चिनियाँ यान अवतरण भएको खाडल चन्द्रमाको सबैभन्दा पुरानो र गहिरोमध्येको भएकाले चन्द्रमाको उत्पत्तिका बारेमा थप तथ्य थाहा हुने अपेक्षा गरिएको छ। तर, केही वैज्ञानिकहरुले यान अवतरण भएको क्षेत्रमा खनिज हुनसक्ने अनुमान गर्दै चीन चन्द्रमाको स्रोत दोहनमा केन्द्रित हुन सक्ने आशंका व्यक्त गरेका छन्। आलोचकहरुले प्राविधिक र सांकेतिक रुपमा महत्त्वपूर्ण उपलब्धि भए पनि चीनले चन्द्रमामा उपनिवेश खडा गर्ने दीर्घकालीन लक्ष्य लिएको विश्लेषण गरेका छन्।

चीनको अन्तरिक्ष मिसनको महत्त्वाकांक्षी योजनाअनुसार चन्द्रमामा यान पठाएको हो। उसले अन्तरिक्षको प्रतिस्पर्धामा अग्रस्थानमा पुग्ने गरी सक्रियता देखाउँदै आएको छ। रुसले सन् १९७६ मा लुना २४ नामक अन्तरिक्ष यान चन्द्रमाको सतहमा अवतरण गरेयता ३७ वर्षपछि चिनियाँ यान अवतरण गरेको थियो। चाङ ई—थ्री सन् २०१३ मा चन्द्रमामा अवतरण गर्ने पहिलो चिनियाँ यान बन्यो। अवतरण भएको केही महिनामै रोभरमा समस्या आएको थियो। उक्त प्रयासमा समस्या आए पनि चीनले महत्त्वाकांक्षी चन्द्रमा मिसन त्यागेन। चीनले सन् २०३० भित्र चन्द्रमामा अन्तरिक्षयात्री पुर्याउने लक्ष्यका साथ काम गर्दै आइरहेको छ। सन् २०२२ भित्र तेस्रो अन्तरिक्ष केन्द्र सञ्चालनमा ल्याएर मानवसहितको यान पठाउने तयारी गरिरहेको छ। उसको मंगल ग्रहसम्म मानवसहितको यान पठाउने महत्त्वाकांक्षी योजनासमेत छ।

चाङ ई—फो दक्षिणपश्चिम चीनको सिचाङबाट सन् २०१८ को डिसेम्बर ८ मा प्रक्षेपण गरिएको थियो। त्यो यान २२ औं दिनमा चन्द्रमाको कक्षमा पुगेको थियो। यस्तै २६ औं दिनमा यान अवतरण भयो। चन्द्रमाको दक्षिणी पोलमा एक सय १० माइल जत्रो चेप्टो स्थानमा यान अवतरण भयो। अति सुरक्षित रूपमा बनेको यानमा रहेको रोभर खाडलमा घुम्नेछ। रोभरमा क्यामरा, जमिन खोप्ने राडार, उल्का पिण्डबाट बनेको उक्त क्षेत्रको मिश्रणबारे जानकारी दिन सघाउने स्पेक्ट्रोमिटर जडित छ।

चन्द्रमाको भूगर्भबारे अध्ययन गर्न मिसनले महत्त्वपूर्ण भूमिका खेल्नेछ। चन्द्रमाको बनावट र आकारको समेत अन्वेषण गर्नेछ। यानले जैविक प्रयोग गरेर चन्द्रमाको कम गुरुत्वमा बिउ उमार्ने र रेसम किराको अण्डाबाट रेसम उत्पादन गर्ने प्रयोग गर्नेछ।