९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

चन्द्रगढीकाे पानी प्रदूषित, पानीजन्य राेगकाे संक्रमण बढ्याे

चन्द्रगढीकाे पानी प्रदूषित, पानीजन्य राेगकाे संक्रमण बढ्याे
अ अ+ अ-

द्रोण अधिकारी


भद्रपुर – शुद्ध पिउने पानी वितरण गर्ने नमूना खानेपानी वितरण समितिको पहिचान बनााएको चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति मार्फत वितरित पानी दुई वर्षयता प्रदुषित बन्न थालेपछि स्थानीयमा पानीजन्य रोगको संक्रमण बढ्न थालेको छ ।
सघन सहरी विकासका अन्र्तगत भद्रपुर नगरमा सडक स्तरीकरणको काम गर्ने ठेकेदार कम्पनीको लापर्ववाहीका कारण जताभावी पाइपलाइन फुटाएपछि मर्मतमा समिति उदासिन बन्दैजाँदा खानेपानी प्रदुषणले स्थानीयमा विभिन्न पानीजन्य संक्रामक रोग देखिन थालेको हो ।
सडक विस्तार गर्दा पानी वितरणका पाइप लाइनमाथि जताभावी जे सि भीले खन्दा पाइप फुटेर पानी प्रदुषण हुने क्रम बढेपछि छाला चिलाउने, झाडा पखाला, निमुनिया, श्वाश्वासप्रश्वास सम्बन्धी समस्या, जण्डिस लगायत रोगको स्थानीयमा संक्रमण बढ्दै गइरहेको हो । नगरका भित्री सडक स्तरीकरणका काम दुई वर्षयता चलिरहेको भद्रपुर नगरका अधिकाम्स वडामा वितरित शुद्ध पिउने पानी पाइप फुटेका कारण धुलो, हिलो लेदो मिसिएर प्रदुषण बढ्दै गइरहेको स्थानीय उपभोक्ताको गुनासो रहेको छ । पुरानो ट्याङ्की मार्फत वितरित पानीले उपभोक्ताको माग धान्न नसकेपछि समितिले नयाँ ट्याङ्की निर्माण पूरा गरेको पनि महिनौं भयो । त्यस ट्याङ्कीबाट उपभोक्ताका घरघर माग अनुसार पानी पुर्याउने समितिको घोको फुटेको पाइपलाइनले अधुरो भएको छ । गत वर्ष समितिले ३ फिट गहिराइमा गाडेको नयाँ पाइपलाइन समेत तहसननहस भएपछि नयाँ ट्याङ्कीबाट उत्पादित पानी वितरण परीक्षण समेत हुन सकेको छैन ।
चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले करोडौं लगानीमा तयार गरेको दोस्रो खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएको वर्ष वित्न लाग्दा पनि विस्तारित पाइपलाइन सडक स्तरीकरणको काम गर्ने ठेकेदारले तहसनहस पारेका कारण पानी उपभोक्ता माझ पठाउन सकेको छैन । समितिको कार्य क्षेत्रमा पिउने पानीको अभाव बढीरहेको बेला नयाँ आयोजनाले उपभोक्ताको माग सम्बोधन गर्ने आशामा समेत ढक्कर लागेको छ । सडक स्तरीकरणमा मुल ठेकेदारले पेटी ठेक्कामा काम लगाएको कारण कामदारका भरमा सडकको काम गरिने परम्पराले जिम्मेवारी बहन नहुँदा पानीको पाइप लाइन जताभावी फुटेको उपभोक्ताको गुनासो छ । उपभोक्ता समिति पनि गैर जिम्मेवार ठेकेदारको लापर्वाही विरुद्ध कडा रूपमा प्रस्तुत हुन नसकेपछि अशुद्ध पानी पिउनुको विकल्न नरहेको उपभोक्ताहरुको गुनासो छ ।
यता समितिका अध्यक्ष पुरुषोत्तम अधिकारी सडक निर्माण कम्पनीले फुटेका पाइप लाइन मर्मत गर्ने सहमती गरे पनि काम नगर्दा समस्या बढेको स्वीकार गर्छन् । अध्यक्ष अधिकारीका अनुसार शहरी विकास परियोजनाका ठेकेदारले पाइप लाइनको क्षतिपूर्ति तिरेमा समिति आफैं काम गर्न तयार रहेको जानकारी दिँदा समेत आनकानी गरिरहेको प्रष्ट्याउँछन् । लाखौं खर्चेर गत वर्ष विछ्याइएको पाइपलाइन समेत काम नलाग्ने भएपछि सडक स्तरीकरण नसकिएसम्म अशुद्ध पिउने पानीको भरमा उपभोक्ता रहनु पर्ने देखिन्छ ।
सघन सहरी विकास कार्यक्रम अन्र्तगत भद्रपुर नगरमा ६ वटा प्याकेजमा २५ वटा योजनाका कामहरू पक्की नाला निर्माण सहित सडक विस्तार भइ रहेको छ । दुई अर्व रुपैयामा ५ वर्ष भित्र भद्रपुर नगरपालिका भित्र रहेका साना तथा साँघुरा सडक फराकिला बन्ने निर्धारित लक्ष्य लिएर सुरु भएको सघन शहरी विकास कार्यक्रम ठेक्का लाग्दादेखि नै कमिशन र गुणस्तरीयताहिनताको भुमरीमा परेको छ । जसले गर्दा सडक निर्माण कार्यसित स्थानीयका विभिन्न समस्याहरू बल्भदै आइरहेका छन् ।