• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट

प्रहरीभन्दा अपराधी प्रविधि प्रयोग गर्न सिपालु भएकाले काम गर्न गाह्रो छ: सर्वेन्द्र खनाल



रौतहट । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूचना प्रविधिको अभावमाकाम गर्न बाधा पुगेको बताएका छन् ।रौतहटको गौरमा सीसी क्यामेराको उद्घाटन गर्दै उनले अपराध नियन्त्रण गर्ने, अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्न प्रविधिको अभावमा कठिन भएको बताएका हुन् ।

अपराधी प्रहरी भन्दा पनि सिपालु भएका कारणले बिभिन्न नया-नयाँ प्रविधिको प्रयोग गरेर टाढैबाट घटना गराउने गरेकाले प्रहरीलाई पनि प्रविधियुक्त बनाउनुपर्ने महानिरीक्षक खनालको जोड थियो ।

केही प्रहरी कर्मचारीको बदमासीका कारण सिङ्गो संगठनलाई बदनाम हुने भएकाले बदनाम गराउने खराब प्रहरीलाई संगठनबाट हटाउने कार्यको थालनि भएको उनले बताए ।

नराम्रो गर्नेहरु प्रहरीमै नरहने भन्दै महानिरीक्षक खनालले नागरिकको जीउधन र सुरक्षाका लागि खटने प्रहरी नराम्रो हुन नहुने बताए ।