• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

बुम महिला बास्केटबल शनिबारदेखि



काठमाडौँ । तेस्रो बुम महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

नेशनल क्रिएटिभ को–एजुकेशनल (एनसिसिएस) र विशाल मिलन केन्द्र ९बिएमके० को संयुक्त आयोजनामा हुने प्रतियोगितामा छ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक राजु आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन साइपाल क्लब, एनसिसिएस, बिएमके, काठमाडौँ नर्थ प्वाइन्ट क्लब, समृद्धि गोरिल्लाज र जेभियरले प्रतिष्पर्धा गर्नेछन् ।

राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुने खेलको शीर्ष चार स्थान हात पार्ने टोलीमध्ये पहिलो र दोस्रो हुनेले फाइनल प्रवेशका लागि खेल्ने छन् । यसमा पराजित हुनेले पुनःफाइनल पुग्न तेस्रो र चौथो स्थानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता सञ्चालन गर्न करीब रु दुई लाख ५० हजार खर्च हुने अनुमान आयोजकको छ । आठदिने प्रतियोगिताका खेल चण्डोलस्थित बिएमकेको कोर्टमा हुनेछ ।