२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्न आदेश



अ+ अ-

काठमाडौँ : सर्वोच्च अदालतले हनुमानढाेका वसन्तपुरमा रहेको ऐतिहासिक कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी स्थानीयलाई पूजापाठको व्यवस्था गर्न आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले शुक्रबार महर्जन बिजनेस एसोसिएट्स बनाइएको भवन हाल बेसमेन्ट भएको सो स्थानमा नरहेको मल्लकालीन कुमारीको मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी पूजापाठ गराउने व्यवस्था गर्न आदेश दिएको हो ।
आदेशमा मल्लकालीन ऐतिहासिक कुमारीको मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी पूजापाठ गर्न व्यवस्था मिलाउन र मापदण्ड विपरीत बनेका भवनको बेसमेन्ट पुर्न लगाउन भनिएको छ ।

कानून विपरीत देखिएका निर्माण कार्य भत्काउन लगाउनु एवं कानून विपरीत काम गर्ने कर्मचारीलाई कारवाही गर्न आदेशमा उल्लेख छ । काठमाडौँ महानगरपालिकाले स्वीकृत नक्साबमोजिम नै भवन निर्माण गर्न भनिएको छ ।