१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्न आदेश



अ+ अ-

काठमाडौँ : सर्वोच्च अदालतले हनुमानढाेका वसन्तपुरमा रहेको ऐतिहासिक कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी स्थानीयलाई पूजापाठको व्यवस्था गर्न आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले शुक्रबार महर्जन बिजनेस एसोसिएट्स बनाइएको भवन हाल बेसमेन्ट भएको सो स्थानमा नरहेको मल्लकालीन कुमारीको मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी पूजापाठ गराउने व्यवस्था गर्न आदेश दिएको हो ।
आदेशमा मल्लकालीन ऐतिहासिक कुमारीको मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी पूजापाठ गर्न व्यवस्था मिलाउन र मापदण्ड विपरीत बनेका भवनको बेसमेन्ट पुर्न लगाउन भनिएको छ ।

कानून विपरीत देखिएका निर्माण कार्य भत्काउन लगाउनु एवं कानून विपरीत काम गर्ने कर्मचारीलाई कारवाही गर्न आदेशमा उल्लेख छ । काठमाडौँ महानगरपालिकाले स्वीकृत नक्साबमोजिम नै भवन निर्माण गर्न भनिएको छ ।