३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

पुसको चिसोमा अभियानकर्मी नदी किनारमा

पुसको चिसोमा अभियानकर्मी नदी किनारमा
अ+ अ-

काठमाडौँ : पुस महीनाको बिहान ७ बजेको चिसोमा उपत्यकाका नदी किनार र चक्रपथका विभिन्न स्थानमा मानिसको भीड हुन्छ । उपत्यकालाई स्वच्छ बनाउने उद्देश्यले अभियानकर्मी जाडोको परवाह नगरी स्वतःस्फूर्त सफाइमा जुट्ने गरेका छन् ।

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी अभियानकर्मीले २७ मेट्रिक टन फोहर व्यवस्थापन गरेका छन् । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २९५औँ हप्तामा ललितपुरतिरको कुपण्डोल पुल मुनिको नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा वाग्मती सफाइको नेतृत्वकर्ता पूर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुर महानगरपालिका–२ र १० एवं काठमाडौँ महानगरपालिका–११ का निर्वाचित जनप्रतिनिधिलगायतको सहभागिता थियो ।

सफाइमा मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृतले डोको, मास्क, पञ्जालगायत सफाइ सामग्री उपलब्ध गराउनुभयो । सफाइमा २० संस्थाका ५०० अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

गुह्येश्वरीमाथिको नदी सफाइको २५६औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–८ स्थित नामी माकालबारी टोलअघिको नदी किनारमा सफाइ गरियो । नगरपालिका–८ को संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारमा सफाइमा नआउन समेत आह्वान गरेको छ ।

कार्यक्रममा गोकर्णेश्वरका प्रमुख सन्तोष चालिसेले सफाइमा नगरपालिकालाई नमूना बनाइने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाले घरको फोहर नदीमा नफाले सभ्यताका स्रोतका रुपमा रहेका नदीलाई पुरानै अवस्थामा फर्काउन सकिने बताउनुभयो । सफाइमा मानवअधिकार तथा शान्ति समाजलगायत संस्थाको सहभागिता थियो ।

रुद्रमती सफाइ अभियानको २५० हप्तामा रातोपुल–कालोपुल–मैतीदेवी मन्दिरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । सफाइमा चीनका लागि नेपाली राजदूत पौडेलले वडाको नेतृत्वमा नदी एवं सार्वजनिकस्थलमा फोहर फाले कडा कारवाही गरिनुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० जना अभियानकर्मीको सहभागिता रहेको रोहित गिरीले जानकारी दिनुभयो ।
विष्णुमती सफाइ अभियानको २२२ हप्तामा तारकेश्वर–१० स्थित लोकतान्त्रिक चोक क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । वाग्मतीको तिलगङ्गा क्षेत्रमा १९७औँ हप्ताको सफाइ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा गरियो । तिलगङ्गा आसपासको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १०५औँ हप्ताको सफाइ गरियो । सय भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । यस्तै मनोहरा नदी सफाइको ९५औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा पूर्व मुख्य सचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, शहरी विकास सचिव रमेशप्रसाद सिंह लगायतको सहभागिता थियो । चक्रपथ सफाइ अभियानको ९१औँ हप्तामा सामाखुशी चोकबाट ग्रिनसिटी अस्पतालसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।

आलोकनगर सफाइको ९१औँ हप्तामा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारीता हुन सकेको छैन ।