१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर बागडाेलमा भीषण अागलागी, साेफा डेकाेरमा क्षति



अ+ अ-

ललितपुरः ललितपुर जिल्लाको ललितपुर महानगरपालिका ४ नख्खुमा पुस २१ गते विहान भएको आगलागी एपीएफ टोली, नेपाली सेना, स्थानीय प्रहरी तथा दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको सशस्त्र प्रहरीले जनाएकाे छ ।
नख्खुमा रहेको दुई वटा काठ फर्निचरमा आगलागी भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा ललितपुर नम्बर २१ गण तथा सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेस नख्खुबाट तत्कालै एपीएफ टोली खटिएको थियो ।
उक्त आगलागी नियन्त्रणमा एपीएफ टोलीको साथै जुद्ध बारुण यन्त्रको दुई वटा दमकल, भक्तपुरको दुई वटा, ललितपुरको दुई वटा र नेपाली सेनाको एक वटा दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा ल्याइएको हो ।
उक्त काठ फर्निचर उद्योगमा कामदारहरुले आगो ताप्ने क्रममा सो आगलागी भएको बताइएको छ । उक्त आगालागीबाट करीब ४० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।